नेपाली एकता समाज, भारतको दिल्ली राज्यको नोयडा नगरको सम्मेलन सम्पन्न

प्रकाशित मिति : २०७५ भाद्र १

नयाँ दिल्ली । नेपाली एकता समाज, भारतको दिल्ली राज्य समिति अन्तर्गत नोयडा नगर समितिको प्रथम सम्मेलन अगस्त १५ मा सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा धर्मराज विक, उपाध्यक्ष द्वयमा रेशमा शर्मा र राजेश, सचिवमा रुकवीर स्याङ्गजाली, सह–सचिवमा आरजे लामिछाने र कोषाध्यक्षमा भोमा कंडेल सहित २१ सदस्यीय नोएडा नगर समिती निर्वाचित गरेको छ ।

धर्मराज वि.क.को अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको सञ्चालन रुकवीर स्याङ्गजालीले गरेका थिए भने सम्मेलनमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सचिव परि थापा, वामपन्थी नेता इन्द्रमोहन सिंग्देल, नेपाली एकता समाज, भारतका नेताहरु र सामना साँस्कृतिक परिवारका कलाकारहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनमा प्रवाशी नेपाली जनसमाज भारतका राज्य सदस्य रमेश थापा र प्रवाशी नेपाली संघ भारतका नोएडा नगर समितिका अध्यक्ष राजेश कुमारले आ–आफ्नो पुरानो संगठन त्यागी नेपाली एकता समाज भारतमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई सम्मेलनका प्रमुख अतिथि परि थापा र विशेष अतिथि इन्द्र मोहन सिंग्देलले टीका लगाई स्वागत गरेका थिए ।