नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको सचिवालय बैठक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको सचिवालय बैठक सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखको सचिवालय बैठक सम्पन्न भएको खबर प्राप्त भएको छ । प्राप्त खबरअनुसार बैठकले हालसम्मका कामको समीक्षा, आगामी योजना र कार्यक्रमको निर्माणका बारेमा छलफल गरेको बताइएको छ । यसका साथै, बैठकमा छलफलका एजेण्डाहरुमा स्थानीय सरकारका काम कारबाही र भ्रष्टाचारहरु पनि परेका छन् । जिल्लामा भइरहेको डोजर आतंक र यसले निम्त्याउने बाढी, पहिरो तथा दीर्घकालीन भूक्षयका कुराहरुले पनि छलफलमा प्रवेश पाएका थिए ।

यसका साथै शिक्षामा भएको निजीकरण र यसले निम्त्याएका समस्याहरुका साथै सामुदायिक शिक्षामा सरकारले गरेको कटौती र जनसाधरणका शिक्षामा पर्न गएको असर बारे पनि छलफल भएको थियो ।

दैलेखका इञ्चार्ज तथा सेक्रेटरी क. प्रकाश उर्जाको अध्यक्षतामा सम्पन्न भएको उक्त विस्तारित बैठकमा कर्णाली प्रदेशका सेक्रेटरी क.सीपी शर्मा र सीसीएम् क.आशमानको उपस्थिति रहेको थियो ।