करबृद्धिका विरुद्ध उत्रन क्रान्तिकारी माओवादीको आव्हान

करबृद्धिका विरुद्ध उत्रन क्रान्तिकारी माओवादीको आव्हान

नवलपरासी । नेकपा (क्रान्तिकारी माओवादी) का नेताहरुले सरकारले लगाएको चर्काे एवम् अब्यवहारिक करबिरुद्ध उत्रन आम नागरिकलाई आब्हान गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको सोमबार बर्दघाटमा भएको प्रशिक्षणात्मक कार्यक्रममा बोल्ने क्रममा क्रान्तिकारी माओवादीका नेताहरुले चर्काे एवम् अव्यवहारिक करबिरुद्ध उत्रन आम नागरिकलाई आब्हान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य के.बी. गुरुङले सरकारले स्थानीयतह प्रदेश र केन्द्र गरी तीनै तहमा अब्यवहारिक र चर्काे कर लगाएकोले करबिरुद्ध आन्दोलनको विकल्प नभएको बताए । उनले स्थानीयतहले जन्म तथा मृत्यु जस्ता सामाजिक संस्कारमा पनि चर्काे कर लगाएर सरकारले फासीवादी चरित्र देखाएको बताए । उनले चर्काे कर लगाउने स्थानीयतहको सुक्ष्म अध्ययन गरी प्रतिबेदन पेश गर्न समेत नेता कार्यकर्तालाई निर्देशन दिए । जनता चर्काे करका बिरुद्ध उत्रिन शुरु गरेका छन्– नेता गुरुङले भने – एकसाता भित्र सबै स्थानीयतहका करका दररेटको अध्ययन गर्नुस् । त्यस्तै कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा बर्तमान सरकार नरहेको उल्लेख गर्दे त्यसका बिरुद्ध संर्घष थाल्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरीको चोलाको अध्यक्षतामा भएको थियो ।