दाहालको व्यक्तिगत आर्थिक चलखेलमाथि धुम्बाराहीको अङ्कुश : ने क पा को कोष निर्माण गर्ने पार्टी विधान ड्राफ्ट

दाहालको व्यक्तिगत आर्थिक चलखेलमाथि धुम्बाराहीको अङ्कुश : ने क पा को कोष निर्माण गर्ने पार्टी विधान ड्राफ्ट

 काठमाडौं । ने क पा ले एक महिनामा सदस्यहरुबाटै ७ करोड लेबी आउने अनुुमानका आधारमा करोडौंको कोष खडा गर्ने विधान ड्राफ्ट भइसकेको ने क पा को धुम्बाराही केन्द्रीय कार्यालयमा चर्चा चलिरहेको छ । पूर्व आँकलनअनुसार नियमित आउने लेबी र एन्जीओ आईएन्जीओ जस्ता एमाले नेतृत्वमा रहेका संस्थाहरुबाट आउने नियमित लेबी कोटालाई यसको मुख्य आधार मानिएको छ । यसका साथै सरकारी प्रोजेक्टहरु तथा मन्त्री तथा सांसदहरुबाट आउने मोटो लेबी रकम पनि यसको स्रोतको रुपमा लिइएको छ । ठेकेदारहरु तथा अन्य काम मिलाइ दिएकाहरुले चढाएको नजराना पनि व्यक्तिकरण नगरी संस्थागत कोषमा राख्ने कुरामा जोड दिइएको छ ।

पूर्व एमालेबाट ४ लाख कार्यकर्ता र पूर्व माओवादी केन्द्रबाट ३ लाख गरी करीब ७ लाख कार्यकर्ताहरुबाट प्रत्येकको मासिक १०० का दरले ७ करोड लेबी उठाइने भएको छ । कोषमा तत्काल १२ करोड रहने अनुमान गरिएको छ । जसमा पूर्व एमालेको ११ करोड र पूर्व माओवादी केन्द्रको १ करोड रहने अनुमान गरिएको छ । यसरी निर्माण गर्न लागिएको कोष स्थायी समितिका नेताहरुको नेतृत्वमा रहने गरी बनाइने सङ्केत गरिएको छ ।

पार्टी निर्माण भई ने क पा नबन्दासम्म व्यक्तिगत रुपमा ‘आफू नै बोस र आफू नै कोष’ हुँदै आएका पुष्पकमल दाहाल हालको कोष निर्माण गर्ने विधान ड्राफ्ट पछि उनको व्यक्तिगत आर्थिक चलखेलमाथि फलामे अङ्कुश लाग्न पुगेको महसुस गर्न पुगेका छन् । यसले उनी र उनको आगामी क्यारियरलाई निकै ठूलो धक्का पुर्याउने छ । उनले व्यक्तिगत रुपमा पालेका मानिसहरुले क्याम्प परिवर्तन गर्नसक्ने ठूलो खड्को आइ परेको पनि देखिन्छ ।

राजनीतिक रुपमा गिर्दो छबी, पारिवारिक रुपमा अकथ्य दुःख र कार्यकर्ता तथा जनताका माझमा बढ्दो अविश्वास र घृणासँगै आर्थिक चलखेलमा हुन थालेको संस्थागत बन्देजको यो निर्णयले ओह्रालो लागेका दाहाललाई बाछाले खेदे झैं खेद्ने देखिएको छ ।

तात्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मा सुप्रिमोको रुपमा रहेका दाहालमाथि कसैले पनि प्रश्न नगर्ने र उनको तजबिजमा सबै काम हुने भएपछि आर्थिक व्यवस्थापन उनका मन परेकाहरुका लागि फुक्काफाल र चाकरी नगर्ने तथा थोरै पनि बिग्रिएको काममा प्रश्न उठाउनेहरुका लागि बन्देज जस्तै थियो ।

आजका दिनसम्म पनि पूर्व पीएल्ए तथा पार्टी कार्यकर्ताहरुले उनी विरुद्ध खर्बौको भ्रष्टाचारको कुरा त्यत्तिकै आवेगमा आएर उठाएका होइनन् ।