राज्यको बन्दुक सम्हालेका गृहमन्त्री भन्छन्– ‘अनसन बसेका गोविन्द केसी अधिनायकवादी हुन्’

राज्यको बन्दुक सम्हालेका गृहमन्त्री भन्छन्– ‘अनसन बसेका गोविन्द केसी अधिनायकवादी हुन्’

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । काठमाडौंको सिंहदरवारस्थित गृहमन्त्रालयबाट गृहमन्त्री रामबहादुर थापा बादलले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई अधिनायकवादी भनेर आरोप लगाएका छन् । उनका अनुसार अनसनका कर र बलमा स्वास्थ्य नीति संशोधन गर्न खोज्नु अधिनायकवाद नै हो ।

सांसदहरुद्वारा उठाइएका प्रश्नहरुको जवाफ दिने क्रममा बुधवार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा. केसी अधिनायकवादी भएकाले उनले अधिनायकवादी शैलीमा नेपाल सकारले बनाएको स्वास्थ्य नीतिलाई गम्भीर चुनौती दिन थालेको बताएका छन् । प्रस्टीकरणका क्रममा गृहमन्त्री बादलले उनलाई गिरफ्तार पनि नगरिएको र विरोध गर्न पनि रोक नलगाएको बताएका थिए ।

बादलका अनुसार देशमा लोकतन्त्र आएको भनेर जहाँ मन लाग्यो त्यहिं विरोध प्रदर्शन गर्न र अनसन बस्न पाइँदैन । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई खुम्च्याइएको छैन । अनसन बस्न पाइन्छ ।’

 

 

 

 

 

 

 

 

 

हाल जुम्लामा अनसनरत डा. केसीलाई जिल्लाभरका स्वास्थ्यकर्मीहरुले ऐक्यवद्धता जनाइरहेका छन् । तर गृहमन्त्री भने अति संवेदनशील ठाउँ, अस्पताल र चोकमा विरोध प्रदर्शन गर्न नदिने बताए । उनले घुमाउरो ढङ्गले जुम्लाका स्वास्थ्यकर्मीहरुलाई केसीको अनसनमा साथ नदिन प्रतिकात्मक चेतावनी पनि दिए ।

तर डा. केसीले भने सरकारले माफिया पोसाउने स्वास्थ्य नीतिमा सहमतिअनुसार संशोधन नगरेसम्म उनले थालेको अनसन नरोकिने बताउँदै आएका छन् ।