साउदी महिलाले गाडी चालाउने लाइसेन्स पाए

प्रकाशित मिति : २०७५ असार १०

काठमाडौं, असार १० । महिलाको लामो आन्दोलन र छलफलपछि साउदी अरबले महिलालाई चालक अनुमति पत्र दिएको छ । विश्वमा साउदी अरब सबैभन्दा कान्छो देश भएको छ, महिलालाई लाइसेन्स दिने देशहरुमा ।

विश्व जगत सबैको ध्यान साउदी अरबमा जान थालेपछि सापेक्षतामा उदार देखिएका साउदी राजकुमारले प्रतिबनध फुकाएका छन् । अब साउदी अरब आफ्नै देशको ड्राइभिङ लाइसेन्स लिएर त्यहाँका महिलाहरुले गाडी चलाउन पाएका छन् । यो भन्दा पहिले विदेशबाट ल्याइएका लाइसेन्सको आधारमा त्यहाँका महिलाले गाडी चलाउने गरिरहेका थिए ।

अहिले विदेशबाट ल्याइएका लाइसेन्सहरु अरब सरकारले धमधम खारेज गरेर स्वदेशी लाइसेन्स उपलब्ध गराइरहेको छ । साउदी महिलाहरु निकै चासो र खुशीका साथ यो सरकारी कदममा साथ दिइरहेका छन् ।

सरकारका अनुसार देशभर यस्ता २०० लाइसेन्सहरु स्वदेशी बनाइँदै छन् । यो प्रक्रिया एक साता पनि लाग्ने छैन । साउदी सरकारले लाइसेन्स लिने महिलाहरुलाई प्रोत्साहित गरिरहेको छ ।