काठमाडौं, जेठ ४ । दक्षिण कोरिया र अमेरिका अहिले एउटा टापुमा संयुक्त सैन्य अभ्यासमा छन् । उत्तर कोरियाको आक्रमणको संभावना केही समयका लागि टरेकाले यी दुवै देश जापानले आफ्नो भनी दाबी गर्दै आएको टापुमा सैन्य अभ्यासमा छन् ।
कोरियाली प्रायद्वीपको तनाव अब बाहिर हेर्दा जापानतिर सोझिएको देखिएको छ । जापानका अनुसार दक्षिण कोरियाले सदाको भन्दा भिन्न मोर्चा खोलेको बताएको छ । उसका अनुसार त्यो मोर्चा भनेको दक्षिण कोरियाले जापानविरुद्ध खोलेको मोर्चा भनी सङ्केत गरिएको छ ।
तर आन्तरिक रुपमा यो संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको विरुद्धमा परिलक्षित नभएको भने होइन । सिंगापुर वार्ताअघि गर्न खोजिएको यो संयुक्त सैन्य अभ्यास उत्तर कोरियाको विरोध र चेतावनीका कारण पटक पटक रोकिएको थियो ।
सोमवारदेखि दुई दिन संयुक्त रुपमा गर्ने भनिएको युद्धकलाको अभ्यासमा दुवै देशका पैदल, जल तथा वायुसेनासम्बन्धी युद्धकलाको अभ्यास गरिने भएको छ । जापानद्वारा दाबी गरिएको तर दक्षिण कोरियाले आफ्नो भन्दै आएको डोक्डो टापु, जुन ससाना टापुहरुको संग्रह जस्तो छ, त्यसको रक्षाको लागि भनिएको छ ।
डोनाल्ड ट्रम्पको उतारचढाबपूर्ण कुटनीतिका चर्को आलोचक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो हाल अमेरिकी ट्रम्प प्रशासनको एक नम्बरका दुश्मन भएका छन् । भनिन्छ, ‘कमजोर’ र ‘धूर्त’ भनी ट्रुडोको कडा आलोचना गरेका ट्रम्पले उनको ‘नाम पनि उच्चारण गर्न’ चाहदैनन् । सिंगापुर वार्ताका क्रममा किम जोङ उनलाई ‘निकै वुद्धिमान’ भनेर ट्रम्पले सह्राना गरेपछि ट्रुडोलगायतका उनका जी ७ का साझेदारहरु उनीविरुद्ध आगो भएका छन् ।
हाल भइरहेको सैन्य अभ्यासमा जापानले निकै चासो व्यक्त गरेको छ । उसले यो विवाद उप्काउनु भन्दा सल्ट्याउनु नै बढी वुद्धिमानी भएको कुरा पनि दोहोर्याएको छ । एक जापानी कूटनीतिज्ञले त यहाँसम्म पनि भनेका छन् कि ‘यस्तो गर्छ कि त भनेर आशङ्का गरेकै काम’ दक्षिण कोरियाले गरिरहेको छ । जापान र दक्षिण कोरियाका विरुद्ध उत्तर कोरियाले एकै पटक फर्काएको दुई मोहडामा परेका देश भए पनि आज उत्तर कोरियाले लडाइँ केही समय रोक्ने भनेपछि दक्षिण कोरिया जापानतिर फर्किएर अघि बढिरहेको छ ।
उत्तर कोरियाका एक कूटनीतिज्ञले त यतिसम्म पनि भनेका छन् कि डोक्यो जापानको त हुँदै होइन र कहिल्यै थिएन पनि, बरु ती ससाना टापुहरु भएको डोक्डोमा कोरियाविरुद्ध जापानले गरेको युद्धकालका बखत कोरियाली हाम्रा दिदीबहिनी र आमाहरुलाई यौन दासीका रुपमा चरम शारीरिक शोषण र अत्याचार गर्ने गरेको थियो ।
कोरियाली जनश्रुति अनुसार जापानले ती ससाना डोक्डो टापुहरुलाई युद्धकालिन जापानी सैन्य वेश्यालय बनाएको थियो । त्यहाँ न सुन छ, न त हिरा, मोती र अन्य प्राकृतिक खजाना नै । जापान यो टापुमा कोरियाली जनताका विरुद्ध आफूहरुले गरेको विगतको असलियत लुकाउन यो टापु नै आफूहरुको भएको झूठो दावा गरिरहेको छ ।
जे होस्, जापानले आफ्नो भनी दाबी गरिरहेको र दक्षिण कोरियाले कज्याइरहेको उक्त डोक्डो टापु कोरियाली प्रायद्वीप र जापानविरुद्धको सामरिक तथा मनोवैज्ञानिक लडाइँको बीऊ बन्न गएको छ ।