काठमाडौं, जेठ ४ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सभासदहरुको सांसदकोष छुट्याएको छैन । आगामी आर्थिक वर्ष ०७५र०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बजेट विनियोजन गरेको यो प्रदेशले सांसद कोष नछुट्याएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रत्येक निर्वाचन क्षेत्रका लागि समानुपातिक रूपमा रु. ५ करोडका दरले बजेट विनियोजन गरेका छन् ।
तर सांसद कोष नछुट्याए पछि कर्णालीका सांसदहरुले बाहिर छरपस्ट रुपमा बेखुशी व्यक्त गर्न थालेका छन् । अर्थमन्त्रीले बजेट निर्माण गर्दा कुनै पनि दबाब नआएको बताए पनि हाल उनको आलोचना र टिप्पणी उनका प्रदेशका सांसदहरुले गर्न थालेका छन् ।