गृहमन्त्री ‘बादल’ले ताने गोला

गृहमन्त्री ‘बादल’ले ताने गोला

कामाडौं, जेठ ४ । गृहमन्त्री ‘बादल’ले सोमबार राष्ट्रिय सभासदस्यको कार्यकाल टुङ्गो लगाउन तयार परिएको गोला तानेका छन् । गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङ्गो लगाउन वैधानिक मान्यताअनुसार उनले गोला तानेका हुन् । उनले तानेको गोलामा परेको चिट्ठाअनुसार उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुने भएको छ ।

राष्ट्रिय सभामा रहेका ५९ सदस्यहरुको कार्यकाल टुङ्गो लगाउन गोला तान्ने क्रममा उनले पहिलो लटमा नै तानेका थिए । केही सांससद गोला तान्न संसदभवनमा अझैं नपुगेकाले गोला तान्ने क्रम जारी रहेको बताइएको छ ।

तर अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा गोला तान्न डराएका छन् । यसो भएमा छोडिएको गोलामा उनको कति वर्षे कार्यकाल पर्छ पछि थाह हुने छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले पनि ६ वर्षे कार्यकाल हात पारेका छन् । उपाध्यक्ष शशिकला दाहालले चार वर्षमा चित्त बुझाएकी छिन् । राष्ट्रियसभा सदस्य कोमल वलीको कार्यकाल चार वर्षको हुने भएको छ ।

संवैधानिक व्यवस्था अनुसार १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने छ ।