दाङ, जेठ २५ । पूर्व–पश्चिम राजमार्गअन्तरगत दाङको राप्ती गाउँपालिका–५ पहरुवामा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । जनकपुरबाट नेपालगञ्जतर्फ आइरहेको ना ५ ख १८२९ नम्बरको उक्त बस आज बिहान दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनपुरका पाँच वर्षीय बालक मुरली मोहमद रहेका छन् भने घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको र अन्यको लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।
गाडी तीव्रगतिमा रहेको र चालक निदाएकाले बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको थप विवरण भने आउन अझैं बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर