ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई

ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाई

नेपालमा नेकपा एमाले र माओवादी केन्द्र विघटन गर्दै ‘अन्डरलाइन नयाँ कम्युनिस्ट पार्टी’ गठन गरिएको घोषणा गरिएको छ । तर के यो साच्चै कम्युनिस्ट पार्टी नै हो त ? या अन्य समाजवादी राजनीतिक दल, नेपाली कांग्रेस, राप्रपा जस्तै तर नाम मात्रै कम्युनिस्ट पार्टी ? यसले बहसको आवश्यकताको माग गर्छ । भन्न त नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ६९ वर्षपछि पुनर्गठन गरिएको भनिएको छ । तर कही नभएको जात्रा हाँडी गाउँमा भनेझैं पार्टीमा दुई जना अध्यक्ष बनाइएको छ । र, यो पार्टी खासमा दुई जना ‘पुँजीवादी लेफ्टीनेन्टहरु’को पार्टी हो भन्दा अर्घेल्याई नहोला ।

जे भए तापनि यो पार्टी एउटा संसदीय राजनीतिक दल हो । कुरा के स्पष्ट हो भने आजभन्दा करीब ६२ वर्ष अगाडि सन् १९५६ को सोभियत सङ्घको कम्युनिष्ट पार्टीको विसौ कंग्रेसमा ख्रुश्चेभको नव संशोधनवादका विषयहरूलाई अन्य कम्युनिष्ट पार्टीहरू बीचमा फैलाउन सुरू गरेको इतिहास छ । । १९५३ मा, स्तालिनको मृत्युपछि ख्रुश्चेभद्वारा नेतृत्व गरिएको एउटा संशोधनवादी गुटले ‘कु’ ग¥यो, र सोभियत सङ्घको कम्युनिष्ट पार्टीमाथि, अनि अन्तराष्ट्रिय सर्वहाराको नेतृत्वदायी पार्टीमाथि नियन्त्रण ग¥यो । तिनीहरूले पार्टीमा रहेका क्रान्तिकारीहरूलाई या त हटाए अथवा मारे । समाजवादको पहिलो भूमिमा पुँजीवादको पुनः स्थापनाको प्रक्रिया सुरू गरे र साम्राज्यवादी क्याम्प, खासगरी अमेरिकी साम्राज्यवादसित सम्बन्धको विकास गरे ।

ख्रुश्चेभको नव संशोधनवादविरूद्ध माओको लडाइँ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा “महान् बहस”को रुपमा प्रशिद्ध छ । तिनीहरूले एकैसाथ तथाकथित स्तालिन व्यक्तिवादी संस्कारमाथि आक्रमण गरे र शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण प्रतिस्पर्धा तीन शान्तिपूर्ण प्रक्रियाको नीति अवलम्वन गरे । यो नेपालमा मदन भण्डारीले अगाडि ल्याएको जनताको बहुदलीय जनवाद (जबज) हो । ख्रुश्चेभको बदनाम नव संशोधनवाद नै सारमा नेपालमा मदनभण्डारीको जबजमा पुनरावृति हो । जसलाई एमाले र माकेको संयुक्त पार्टीले मार्गनिर्देशक सिद्धान्त मानेको छ ।

शान्तिपूर्ण संक्रमण
शान्तिपूर्ण संक्रमणको अर्थ संसदीय व्यवस्थाद्वारा समाजवादतर्फको शान्तिपूर्ण संक्रमण हो । ख्रुश्चेभले प्रस्ताव राख्यो कि वर्तमान युगमा संसदमा शान्तिपूर्ण रूपले एउटा बहुमत विजयद्वारा समाजवाद प्राप्त गर्न सकिने सम्भावना थियो र अनि समाजवाद ल्याउनलाई सुधारहरू गरेर ल्याउन सकिन्छ । उसले यसरी क्रान्तिको आवश्यकतालाई इन्कार ग¥यो । यो सिद्धान्त वर्नस्टिन र अन्य सामाजिक –प्रजातन्त्रवादीहरूको संशोधनवादको एउटा पुनरावृत्ति थियो ।

शान्तिपूर्ण सहअस्तित्व
ख्रुश्चेभले समाजवादी राज्यको विदेश नीतिको जनरल लाइनको रूपमा भिन्नै सामाजिक प्रणाली भएका राज्यहरूबीच शान्तिपूर्ण सहअस्तित्व प्रस्ताव ग¥यो । उसले यसरी पुँजीवादी राज्यहरूसित शान्तिपूर्ण सहअस्तित्वको लेनिनको नीतिलाई तोडमरोड ग¥यो । यो सर्वहारा अन्तराष्ट्रवादको समाजवादी राज्यको विदेश नीतिको केबल एउटा पक्षमात्रै थियो । ख्रुश्चेभले साम्राज्यवादसित शान्तिपूर्ण सहअस्तित्वलाई कायम राख्ने उसको इच्छाबमोजिम सबै अन्य चीजहरूलाई यसको अधीन बनायो । उसले उत्पीडित राष्ट्रहरूको संघर्षलाई मद्दतको नीति र अन्य समाजवादी देशहरूलाई सहयोग दिन र सम्वन्ध बनाउन साम्राज्यवादी शक्तिहरूसित शान्तिपूर्ण सहअस्तित्वको आवश्यकतामाथि आधारित बनायो । यो यसरी केही पनि थिएन,् केबल साम्राज्यवादसित साझेदारीको एउटा नीति थियो ।

शान्तिपूर्ण प्रतिष्पर्धा
शान्तिपूर्ण प्रतिस्पर्धा यो सिद्धान्त थियो कि पुँजीवाद र समाजवादबीच अन्तरविरोध पुँजीवादी र समाजवादी प्रणालीबीच आर्थिक प्रतिस्पर्धामार्फत् समाधान गरिने छ । यो सिद्धान्तले यसरी साम्राज्यवादको प्रतिक्रियावादी र युद्ध पिपासु चरित्रलाई स्विकार गर्न इन्कार ग¥यो । यसले भ्रम सिर्जना ग¥यो कि समाजवादी र साम्राज्यवादी क्याम्पबीचको अन्तरविरोध एउटा प्रतिरोधविहीन अन्तरविरोध थियो, जसलाई संघर्षको शान्तिपूर्ण रूपमार्फत् समाधान गरिने छ ।

यसरी ख्रुश्चेभको तीन शान्तिपूर्णहरूको सिद्धान्त एउटा पूरै संशोधनवादी सिद्धान्त थियो, जसलाई उसले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमाथि लाद्न चाहन्थ्यो । यो साम्राज्यवादसित नजिकको सम्वन्ध बनाउनतिर निर्देशित थियो । उसको योजना कार्यान्वयन गर्न र साम्राज्यवादी शक्तिहरूको स्विकारोक्ति प्राप्त गर्न, ख्रुश्चेभले साथसाथै व्यक्ति विरोधको नाममा स्तालिनमाथि एउटा विषालु आक्रमण ग¥यो । क्रान्तिकारी सिद्धान्त जुन स्तालिनले खडा गर्नु भएको थियो र यसको लागि लडनु भएको थियो, त्यसलाई तोड्न विश्वभरका क्रान्तिकारीहरू र जनसमूहहरूबीच स्तालिनको व्यक्तित्वलाई ध्वस्त गर्नु उसका लागि पहिलो आवश्यकता थियो । यो काम अनेकौ झुटहरू र फरेबहरूको प्रचारप्रसारको एउटा अभियानमार्फत् गर्न सकिन्थ्यो ।

त्यसेला विश्वका कम्युनिष्ट पार्टीहरूका घेरै नेतृत्वहरूले संशोधनवादी ख्रुश्चेभी लाइनको समर्थन गरे । घेरै विशिष्ट स्थापित नेताहरू र पार्टीहरूले उनीहरूका आफना देशहरूमा संशोधनवादी लाइन पहिला नै अपनाउन सुरू गरिसकेका थिए । अमेरिकामा ब्रोउडरले समाजवाद र पुँजीवाददीच साझेदारीको सिद्धान्त पहिले नै ल्याइसकेको थियो र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट बाहिर गइसकेको थियो । थोरेज, फ्रान्सबाट प्रतिनिधित्व गरेको तेस्रो अन्तराष्ट्रियको नेता, ले फासिवादविरोधी मोर्चा अवधिमा पुँजीपतिहरूसित नजिकको सम्वन्ध विकास गरेको थियो । युद्धपछिका वर्षहरूमा फ्रेन्च उपनिवेशहरूका जनताप्रति राष्ट्रिय निरङ्कुशतावादी पदहरू लिएको थियो र फ्रेन्च साम्राज्यवादी पुँजीपतिको एउटा नोकर बन्यो । इटलीको तोगलियाती, अर्को प्रमुख तेस्रो अन्तराष्ट्रियको नेता, जसले पुँजीवादी संसदमार्फत् ‘संरचनागत सुधार’गर्दै ‘सुधार’ र ‘पुनर्सरचना’द्वारा पुँजीवादलाई समाजवादमा लैजान चाहन्थ्यो; भारतीय कम्युनिष्ट पार्टी नेतृत्वले शान्तिपूर्ण मार्गलाई स्वीकार गर्नलाई उनीहरूको कार्यनीतिक लाइन पहिले नै परिवर्तन गरिसकेका थिए । यसरी यी संशोधनवादी शक्तिहरू, जसलाई उनीहरुको सुरु अवस्थामा नै आवश्यकता बमोजिम आलोचना गरिएन र परास्त गरिएन, ख्रुश्चेभसित एकदमै खुशीसाथ साझेदारी गर्न पुगे ।

जहाँ यद्यपि यस्ता पार्टीहरूले कुनै पनि गाम्भीर्यताविना निर्वाचन प्रणालीमार्फत् ‘शान्तिपूर्ण संक्रमण’ कार्यान्वयन गर्ने कोशिस त गरे र जहाँ यस्ता प्रयासहरूले पुँजीवादी सामाजिक व्यवस्थामा खतरा देखियो, तिनीहरूलाई ब्राजिल (१९६४), इन्डोनेसिया(१९६५) र चिली (१९७३) जस्तै गरी सैनिक कू र जंगली उत्पीडन मार्फत् खतम पारियो ।

भरखरै नयाँ बनेका जनताको जनतन्त्रहरू, युगोस्लाभियाको टिटोले नेतृत्व गरेको कम्युनिष्टहरूको लिगले १९४८ बाट संशोधनवादी बाटो सुरू ग¥यो । सामाजवादी क्याम्प छाड्यो । ख्रुश्चेभले त्यसै कारण ऊसित मित्रता बनाउन छिटै सुरू ग¥यो । बाँकी रहेका सबैजसो नेतृत्वले पनि ख्रुश्चेभसित झुके । समाजवादी क्याम्पभित्र केबल चिनियाँ कम्युनिष्ट पार्टी र अल्बानियाको लेबर पाटीर्ले मात्रै ख्रुश्चेभको संशोधनवादलाई पहिचान र अस्वीकार ग¥यो र माक्र्सवाद–लेनिनवादको एउटा साहसी र प्रतिवद्धताका साथ रक्षा ग¥यो ।

माओको निर्देशनमा चलेको चिनियाँ कम्युनिष्ट पार्टी यो संघर्षको अग्रभागमा थियो । विसौं सोभियत पार्टी कंग्रेसको दुई महिनाभित्रै चीनीयाँ कम्युनिष्ट पार्टीले सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि एउटा लेख प्रकाशित ग¥यो । जसमा स्तालिनलाई एउटा उच्च र महान् माक्र्सवादी–लेनिनवादीको रूपमा उच्च मूल्याङकन गरियो । यसको लगत्तै डिसेम्वर १९५६मा अर्को लेख सर्वहाराको अधिनायकत्वको ऐतिहासिक महत्वमाथि ज्यादा जोड दिदै प्रकाशित गरियो । यसले जोड दियो कि समाजवादी क्याम्पले उसका मित्रहरू र शत्रुहरू को हुन् स्पष्टसित छुटयाउनु पर्दछ । यो पार्टी फोरमहरूभित्र खासगरी १९५७ मा ६० वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र १९६० मा ८१ वटा भाइचारा पार्टीहरूको वैठकहरूमा र सोभियत पार्टी नेतृत्वसितका बैठकहरूमा ख्रुश्चेभवादी संशोधनवादी लाइनसित संघर्षका लागि र त्यसलाई पराजित गर्न एउटा सात वर्षे लामो प्रयाससितको योजनामा जोडिएको थियो ।

जब संघर्ष पेचिलो हुदै गयो जुन १९५९ मा सोभियत संशोधनवादीहरूले चीनबाट रक्षाको क्षेत्रमा उनीहरुले दिइएका प्राविधिक सहयोगबाट हात झिके । जुलाई १९६० मा चीनमा काम गरिरहेका सबै सोभियत प्राविधिक विशेषज्ञहरूलाई एक्कासी फिर्ता गरे । अलबानियासित पनि त्यही गरे । अप्रिल १९६० मा चिनियाँ कम्युनिष्ट पार्टीले लेनिनवाद जिन्दावाद प्रकाशित ग¥यो र साम्राज्यवाद, युद्ध र शान्ति, सर्वहारा क्रान्ति र सर्वहाराको अधिनायकत्वमाथि लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई उँचो गर्दै दुई अरू लेखहरू प्रकाशित ग¥यो । यी लेखहरूले नाम उल्लेख नगरी सोभियत कम्युनिष्ट पार्टीको संशोधनवादी अवस्थितिहरूको विरोध ग¥यो ।

संशोधनवादीहरूले यद्धपि उनीहरूका संशोधनवादी अवस्थितिहरूअझ ज्यादा व्यवस्थित गर्ने उनीहरूका प्रयासहरूसित निरन्तरता दिए । यसरी १९६१मा आयोजना गरिएको सोभियत कम्युनिष्ट पार्टीको बाइसौ कंग्रेसमा स्विकृत गरिएको कार्यक्रमले माक्र्सवाद–लेनिनवादको मूल मर्मलाई संशोधन ग¥यो । यी सबै मूलतः सर्वहारा क्रान्तिका सिकाइहरू, सर्वहाराको अधिनायकत्व र सर्वहाराको पार्टीआदिमाथि संशोधन थिए । यसले घोषणा ग¥यो कि सोभियत संघमा सर्वहाराको अधिनायकत्व अब ज्यादा आवश्यक छैन् र कि सोभियत कम्युनिष्ट पार्टीको सर्वहाराको अग्रदस्ताका रूपमा परिवर्तन गरिसकिएको थियो । कंग्रेसले एउटा “सबै जनताको राज्य”को सिद्धान्त र “समग्र जनताको पार्टी”लाई पहिले नै हास्यप्रद तरिकाले स्वीकृत गरिसकेको थियो । कंग्रेसमा ख्रुश्चेभले अल्बानियन पार्टीमाथि खुल्ला आक्रमण सुरू ग¥यो र यसको नेता एन्भर होक्जालाई सत्ताच्युत गर्नसमेत आव्हान ग¥यो । चाउ एन लाईले नेतृत्व गरेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले यसको विरोध ग¥यो ।

ख्रुश्चेभले चिनियाँ कम्युनिष्ट पार्टीमाथि खुल्ला आक्रमणका लागि सुरू गर्न अन्य कम्युनिष्ट पार्टीहरूलाई हौसला दिदै आव्हान ग¥यो । सोभियत संघबाट प्रकाशित अनगिन्ति लेखहरूले चिनियाँ नेतृत्वमाथि आक्रमण पनि ग¥यो । चिनियाँ कम्युनिष्ट पाटीले अन्त्यमा केही आक्रमणहरूको उत्तर दिन सुरू ग¥यो । इटालियन पार्टीका तोगिलियात्ती, फ्रेन्च पार्टीका थोरेज, अमेरिकी कम्युनिष्ट पार्टीका गस हल र अरूहरूका विभिन्न सिरिजमा सातवटा लेखहरू जुन १९६२को अनत्य र १९६३को सुरूमा प्रकाशित गरिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख विचारहरूको एउटा सारांश १९६३काे जुन १४ को प्रशिद्ध चिठीमा राखिएका थिए, जसको शिर्षक अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको जनरल लाइनसित सम्वन्धित एउटा प्रस्ताव थियो । यसलाई सोभियत संघको कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई एउटा खुल्ला चिठीद्वारा उत्तर दियो । समग्र सवाल अब खुल्ला रूपमा बाहिर आइसकेकाले, चिनियाँ कम्युनिष्ट पार्टीले बहसलाई खुल्ला प्रेसमार्फत् सञ्चालन गर्ने निर्णय ग¥यो । यसले सोभियत संघको कम्युनिष्ट पार्टीको खुल्ला चिठीमाथि नौवटा आलोचनाहरू बाहिर ल्यायो र जनसमूहका अगाडि सबै सवालहरूलाई स्पष्ट बनायो ।

यो संघर्ष, जुन १९६३ मा खुल्ला रूपमा आयो । १९६४ भर निरन्तर रह्यो । जसलाई महान् बहसका रूपमा अन्तर्राट्रिय कम्युनिस्ट आन्दोलनमा प्रशिद्ध बन्यो । यो महान् बहस विश्व कम्युनिस्ट आन्दोलनका लागि अति नै ऐतिहासिक महत्वको थियो । सही मानेमा यो आधुनिक संशोधनवादविरूद्ध एउटा सैद्धान्तिक र विस्तृत संघर्ष थियो । यसले विश्वभरका सबै सर्वहारा क्रान्तिकारी शक्तिहरूका लागि विश्वास प्रदान गर्ने ग¥यो । यो माक्र्सवाद–लेनिनवादको एउटा वैज्ञानिक विकास पनि थियो, जसले त्यो अवधिका लागि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसको क्रान्तिकारी जनरल लाइन दियो । यो संघर्षको पछाडिको चालक शक्ति माओ नै हुनुहुन्थ्यो । यही महान् बहसमार्फत ्माओले अन्तर्राष्ट्रिय सर्वहारावर्गका अगाडि सबैभन्दा महत्वपूर्ण प्रश्नहरूका उत्तर दिएर माक्र्सवाद–लेनिनवादको विज्ञानलाई विकसित गर्नु भयो । यसमा विश्वमा आधारभूत अन्तरविरोधहरू, को मित्रहरू र को शत्रुहरू हुन्, आन्दोलनको लक्ष्यहरू र विश्व समाजवादी क्रान्तिको विजय प्राप्त गर्नका लागि मार्ग आदि कुराहरु छन् । यी मान्यताहरू जुन १४ को चिट्ठयीमा प्रमुख रूपले राखिएको थियो । दोस्रो विश्व युद्धपछि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले सामना गरिहेका विभिन्न गम्भीर सवालहरू–नव–संशोधनवाद, युद्ध र शान्ति, शान्तिपूर्ण सहअस्तित्व, युगोस्लाभिया, ख्रुश्चेभको संशोधनवाद र त्यसबाट झिकिएका ऐतिहासिक पाठहरूमाथि नौवटा आलोचनाहरूले क्रान्तिकारी अवस्थितिहरूलाई निश्चित र वर्णनात्मक गरायो । यो त्यही महान् बहसमार्फत् माओवादले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी पक्षहरूको मार्गनिर्देशक विचारका रूपमा अरू बढता स्वीकृति पायो । र अहिले नेपालमा एमाले र माकेको मिलनबाट नेपाली कम्युनिस्ट आन्दोलनमा काफी भ्रमहरु सिर्जना भएका छन् । तिनलाई जनताको बीचमा स्पष्ट पार्न अर्को महान् बहसको आवश्यकता छ र अहिले अन्तर्राष्ट्रिय स्तरमा स्थापित माओजस्ता क्रान्तिकारी नेता छैनन् । तर पनि अहिलेको आवश्यकता ख्रुश्चेभको नव संशोधनवाद विरूद्ध माओको लडाइँबाट पाठ सिक्दै एमाले र माकेविरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपालका केही सीमित क्रान्तिकारी कम्युनिस्टहरुका काँधमा आएको छ । र यीमध्ये तुलनात्मक रुपले हामीसित सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको महान् जिम्मेवारी पूरा गर्ने अभिभारा अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष क.मोहनवैद्य किरणको काँधमा आएको छ । हुन त सन् १९६३–०६४को समयको जस्तो कम्युनिस्ट आन्दोलन छैन्, अहिले नेपालमा कम्युनिस्ट नेता तथा कार्यकर्ताले सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसको आवश्यकतातर्फ रुची राख्दैनन्, उनीहरुको ध्यान पद र पैसामा केन्द्रित भएको छ । देश र जनताको मुक्ति आफूले प्राप्त गर्ने त्यही पद र पैसामा तौलने गर्दछन् । तै पनि क्रान्तिकारीका लागि क्रान्तिकारी आशावादका साथ कसरी माओले ख्रुश्चेभको नवसंशोधनवाद विरूद्धको लडाइँ लड्दै माक्र्सवाद–लेनीनवादको विकासमा महत्वपूर्ण योगदान दिनुभएको थियो, त्यसबाट पाठ सिक्दै एमाले र माकेविरुद्ध सैद्धान्तिक, राजनीतिक, वैचारिक बहसलाई नेपाली जनताको बीचमा तीब्रताका साथ लैजाने महान् जिम्मेवारी पूरा गर्नै पर्ने भएको छ । यो महान् बहसमा नेपालका अन्य क्रान्तिकारी बुद्धिजीवीहरु, लेखकहरु तथा पार्टीका नेता र कार्यकर्ताहरुको सहभागिताको पनि त्यत्तिकै आवश्यकता पर्छ ।