पत्रकारसहित क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य न्यौपाने पक्राउ

पत्रकारसहित क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य न्यौपाने पक्राउ

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा बाँके–वर्दिया इन्चार्ज भूपेन्द्र न्यौपानेसहित पत्रकारलाई विनाकारण प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा क्रान्तिकारी माओवादीका बर्दिया सेक्रेटरी लोकेश र क्रान्तिकारी पत्रकार महासंघका बर्दिया अध्यक्ष आयुष न्यौपाने रहेका छन् ।

नेपालगञ्जबाट बर्दिया जाने क्रममा आइतबार विहान बाटो हिडिरहेको अवस्थामा बाँकेको खजुराको धनौलाबाट प्रहरीले विनाकारण पक्राउ गरेको बर्दिया सेक्रेटरी लोकेशले जानकारी दिनुभएको छ । उहाँहरुलाई बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीमा राखिएको छ । पक्राउको चौतर्फी विरोध भइरहेको छ ।

क्रान्तिकारी माओवादीको बाँके–बर्दियाले शनिबार मात्र मोदी भ्रमणको विरोधमा नेपालगञ्जमा विरोध प्रदर्शन गरेको थियो र मोदीको पुत्ला दहन गरेको थियो । त्यसक्रममा बाँकेका सेक्रेटरी अर्जुनसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।