काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले हजारौं युवाहरुलाई काठमाडौंको सडकमा उतार्ने तयारी गरेको छ । लिगको ३ नं. प्रदेशको आयोजनामा हुन लागेको युवा मार्चपासको कार्यक्रम अन्तर्गत भोली अर्थात् शुक्रबार मार्चपासको तयारी गरेको छ । उपत्यका लगायतका ३ नं. प्रदेशका जिल्लाहरुबाट हजारौं युवाहरु मार्चपासमा सहभागी हुने लिगको ३ नं. प्रदेश कार्यालयले जनाएको छ । मार्चपासलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रत्नपार्कको खुल्लामञ्चमा जम्मा भएर बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धरा, न्यूरोड हुँदै क्रान्तिकारी युवाहरुको मार्चपास इन्द्रचोकमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको छ । यो मार्चपासको एभिन्यूज टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने पनि आयोजकहरुले जनाएका छन् । क्रान्तिकारी युवा लिगले पछिल्लो समय युवाहरुलाई लक्षित गरी देशव्यापी वैचारिक, राजनीतिक तथा शारीरिक प्रशिक्षणहरु चलाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर