कञ्चनपुर, बैशाख १४ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी जिल्ला संगठन समिति कञ्चनपुरले जिल्लाका नौंवटै स्थानीय तहमा माग पत्र पेश गरेको छ ।

जिल्लाको शिक्षा क्षेत्रमा भइरहेको दलाली, चर्काे भर्ना शुल्क तथा मासिक शुल्क असुली गरिरहेको भन्दै विभिन्न २६ बुँदे माग राख्दै मोहन वैद्य‘किरण’ निकट अखिल (क्रान्तिकारी)ले जिल्लाका सातवटै स्थानीय निकायका प्रमुखलाई २६ बँुदे माग पत्र बुझाएको अखिल (क्रान्तिकारी) जिल्ला संगठन समिति कञ्चनपुरका अध्यक्ष तारा पन्तले जानकारी दिनुभयो ।

हाम्रो माग तत्काल पुरा नभए चरणवद्ध आन्दोलन गर्ने समेत ज्ञापन पत्र मार्फत जानकारी गराएको विध्यार्थी नेता पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर