काठमाडौं, चैत २२ । चर्चित बलिउड अभिनेता सलमान खानलाई कालो हरिण सिकार गरेको अभियोगमा जोधपुर अदालतले दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ । बिहीबार अदालतका न्यायाधीश देवकुमार खत्रीको इजालसले खानलाई १० हजार जरिवाना सहित ५ वर्ष जेल सजाय तोकेको हो ।
अदालतले वन्यजन्तु सरंक्षण ऐनको धारा ९र५१ अनुसार अभिनेता खानलाई दोषी ठहर गरेको हो । उनलाई प्रहरीले बिहीबार नै हिरासतमा लिएको छ ।
उनीमाथि सन् १९९८ वर्षअघि ‘हम साथ साथ हे’ फिल्मको सुटिङका बेला राजस्थानका स्थानीयले पूजा गर्ने कालो हरिण (चिङ्कारा) को सिकार गरेको आरोप लागेको थियो । अदालतमा २० वर्षदेखि चलिरहेको मुद्दामा बिहीबार उक्त फैसला आएको हो ।
उक्त मामिलामा सलमानसँगै अभिनेता सैफअली खान र अभिनेत्रीहरू सोनाली बेन्द्रे, निलम तथा तब्बुसमेत आरोपी थिए । जोधपुर जिल्ला अदालतका न्यायाधीश देवकुमार खत्रीले उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी करार गरिए पनि उनीहरूलाई सजाय बारे बिहीबार अबेर सम्म निर्णय हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनीहरूले सन् १९९८, अक्टोबर १ र २ तारिखमा दुइ हरिणको सिकार गरेका थिए । उक्त मुद्दामा ट्राभल एजेन्ट दुष्यन्त सिंह र सलमानका तात्कालीन सहयोगी दिनेश गवारेलाई समेत आरोप लागेको थियो । यो मुद्दाका दोषीहरूलाई अधिकतम ६ वर्ष सम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।