
काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटका महिला संगठनहरुले देशैभर संयुक्त रुपमा ¥याली र कोणसभासहित १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेका छन् । लक्ष्मी मुड्भरी नेतृत्वको अनेमसंघ (क्रान्तिकारी) र बन्धु चन्द नेतृत्वको अनेमसंघ क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा २४ फागुनमा काठमाडौंको शान्तिवाटिकामा ¥याली र कोणसभाको कार्यक्रम तय गरिएको छ । दिनको १२ बजे शान्तिबाटिकामा जम्मा भई व्यानर, झण्डा, विभिन्न नारा लेखिएका प्लेकार्ड र नारा जुलुससहितको ¥यालीले नगर परिक्रममा गरेर शान्तिबाटिकामा कोणसभा गर्ने कार्यक्रम रहेको बताइएको छ । सैयौं क्रान्तिकारी महिलाहरु सहभागी हुने यो कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाकी पोलिटव्यूरो सदस्य उमा भुजेल लगायत दुवै संगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

क्रान्तिकारी महिलाहरुले १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भव्य रुपले सफल पारौं, महिलाहरुमाथि हुने सम्पूर्ण उत्पीडनको विरुद्ध संघर्ष गरौं, समान कामको समान ज्याला लागु गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर, राज्यसत्ताको सम्पूर्ण अंगहरुमा विशेष अधिकार सहित समानुपातिक प्रतिनीधित्वको ग्यारेण्टी गर, पैत्रिक सम्पत्तिमा विना सर्त समान अधिकारको कानुन बनाई लागु गर, चेलीबेटी बेचविखन पूर्ण रुपमा बन्द गर, वैदेशिक रोजगारीको नाउमा हुने मानव तस्करी बन्द गर, महिलाहरु माथि हुने हत्या, हिंसा, बलत्कार बन्द गर, आमाको नाउमा नागरिकता पाउने कानुनी व्यवस्थालाई सर्वशुलभ रुपमा लागु गर, वैदेशिक रोजगारीमा गएका आफ्ना नागरिकहरुको पेशागत र जीउ धनको सुरक्षाको ग्यारेण्टी गर, वैदेशिक रोजगारीको क्रममा आर्थिक, शारीरिक र मानसिक उत्पीडनमा परेका महिलाहरुलाई अविलम्ब उद्धार गर, विभिन्न देशका वेश्यालयहरुमा बेचिएका नेपाली चेलीहरुको अविलम्ब स्वदेश फिर्ता गरी सामाजिक रुपमा पूर्नस्थापना गर, बालिकाहरुमाथि हुने गरेका बलत्कारका पाशविक घटनाहरुको छानवीन गरी अपराधीलाई हदै सम्मको कारवाही गरलगायतका नाराका साथ सडकमा निस्कने तयारी गरिरहेका छन् ।
दुवै संगठनले जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रम गरी संयुक्त कार्यक्रमको तयारी गरिरहेको बुझिएको छ । कार्यक्रममा दक्षिणपन्थी आत्मसमपर्णवाद–मूर्दावाद, राष्ट्रिय आत्मसमपर्णवाद–मूर्दावाद, दलाल संसदीय व्यवस्था–मूर्दावाद, फासीवादी केपी सरकार–मूर्दावाद, साम्राज्यवाद विस्तारवाद–मूर्दावाद, अनेम संघ क्रान्तिकारी–जिन्दावाद, वीर शहीद–लालसलाम लगायतका नाराहरु पनि तयार पारिएका छन् ।