
चितवन । दशवर्षे महान जनयुद्धका सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्यहरुले शनिबार आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’लाई क्रान्तिको नेतृत्व गर्न आग्रह गर्दै सहिदका सपना पूरा गर्न आफूहरु फेरि पनि बलिदान गर्न तयार रहेको विचार व्यक्त गर्नुभएको छ ।
नेकपा (क्रान्तीकारी माओवादी) र नेकपा चितवनले संयुक्त रुपमा आयोजना गरेको “सहिद, बेपत्ता योद्धा परिवार र घाईते योद्धा अभिनन्दन र महान जनयुद्ध, बलिदान र वर्तमान अवस्था” विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहिद परिवारका सदस्यहरुले आफूहरुलाई भ¥याङ बनाएर प्रचण्डहरु सत्तास्वार्थमा लागेको आरोप लगाउँदै त्यस्तो भ¥याङ नबनाउन उहाँहरुले चेतावनी दिँदै सहिदका अधुरा सपना र अपुरा संघर्ष पूरा गर्न फेरि पनि बलिदान गर्न तयार रहेको बताउनु भएको छ ।

सहिद परिवारकी सदस्य जमुना सेढाईले सहिदको पसिानामा होली खेलेर नेताहरु धनी बनेको भन्दै अब उपरान्त त्यस्तो सपना देखेर आफूहरुलाई भ¥याङ नबनाउन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो–“सहिदको रगतमा रमाएकाहरुका साथमा रहन सक्दैनौं, उहाँहरुको सपना पुरा गर्न हामी बलिदानी दिन तयार छौं ।”
कार्यक्रममा सहिद परिवारका सदस्यहरुले क्रान्तिलाई बीचमै तुहाउन खोज्ने प्रचण्ड–बाबुराम प्रवृत्तिप्रति खेद प्रकट गर्दै महासचिव माहेन बैद्य‘किरण’ र महासचिव ‘विप्लव’लाई क्रान्तिको नेतृत्व गर्न सुझाएका थिए । कार्यक्रममा बोल्दै सहिद परिवारका टंक रेग्मीले सहिदका सपनाहरु पुरा गर्न क्रान्तिकारी पार्टीहरुबीच एकताको आवश्यक रहेको बताउनुभयो । उहाँले विगतको बलिदानीले देश र जनताले के पायो भन्दै प्रश्न गर्दै अब नेता बनाउनलाई बलिदानी नभई जनताको मुक्तिका लागि मात्रै बलिदानी दिने बताउनुभयो ।
कार्यक्रममा नेकपाको पिविएम भरत बम, नेकपा (क्रान्तिकारी माओवादी)मा केसहरु अम्बिका मुड्भरी, समिर केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।