२३ औं जनयुद्ध दिवसमा क्रान्तिकारी माओवादीको दीप प्रज्वलनदेखि कम्ब्याटसहित युवा मार्चपाससम्म

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशैभर २३ औं जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । केन्द्रीय स्तरमा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गरियो भने अधिकांश जिल्लामा क्रान्तिकारी माओवादीले एकल रुपमा र केही जिल्लामा संयुक्त कार्यक्रमहरु गरिए । प्राप्त समाचार अनुसार दैलेख, प्युठान, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा नेकपासँग संयुक्त कार्यक्रम आयोजना गरिए भने बाँकी प्रायः सबै जिल्लामा क्रान्तिकारी माओवादीले विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । अधिकांश जिल्लामा जनयुद्ध– जिन्दावाद, नयाँ जनवादी क्रान्तिको तयारी गरौं, महान सहिदहरु– लालसलाम, लगायतका नारा लगाउँदै झण्डा र व्यानरसहित नगरपरिक्रममा गरी कोणसभा सम्पन्न गरिएका छन् भने मकवानपुर, चितवन, काठमाडौं लगायतका जिल्लाहरुमा साँझ दीप प्रज्वलन गरिएका छन् ।

बुटबलबाट पत्रकार टेक मास्कीरानाले पठाएको समाचार अनुसार क्रान्तिकारी माओवादी जिल्ला समिति, रुपन्देहीले २३ औं महान जनयुद्ध दिवसका अवसरमा बुटवलमा एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमलाई पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदी, पार्टीका ५ नम्बर प्रदेशका सदस्य खुमानन्द भुसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य टिपु सुल्तान, रुपन्देही अध्यक्ष आरपी पोख्रेल, जिल्ला सचिव बिनोद मरासनी लगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पार्टी जिल्ला सचिव केजी कुमार पौडेलको अध्यक्षता तथा सचिवालय सदस्य मोजिव अलिको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी हेटौडाबाट प्राप्त समाचार मकवानपुरमा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा हेटौँडाको बुद्धचोकमा २३ औँ जनयुद्ध दिवस मनाइएको छ । करिब ३०० जनाको उपस्थितिमा हेटौँडामा संयुक्त रुपमा दीप प्रज्वलनमा गरियो । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त बोगटी र नेकपाका सुर्यले मन्तव्य राख्नुभएको थियो ।

चितवनबाट प्राप्त समाचार अनुसार क्रान्तिकारी माओवादीले २३ औं जनयुद्ध दिवसको अवसर पारेर भरतपुरमा चियापन कार्यक्रमको आयोजना ग¥यो । भरतपुरको क्यान्सर अस्पताल गेटमा आयोजित कार्यक्रमलाई पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अम्बिका मुड्भरी देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अशोक शर्मा, नेता घननाथ सापकोटा, दलित नेता वावुराम परियार लगायतले सम्बोधन गर्नुभएको थियो । साँझ जिल्लाको केन्द्रीय वसपार्कमा दीप प्रज्वलन गरिएको थियो ।

नेपालगंजबाट प्राप्त समाचार अनुसार जनयुद्ध दिवसमा बाँके र बर्दियामा सैयौं युवाहरुले कम्ब्याट ड्रेससहित मार्चपास गरेका छन् । दुवै जिल्लाका गरिएका मार्चपासलाई केन्द्रीय सदस्यद्वय धनेश्वर पोखरेल र भूपेन्द्र न्यौपानेले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने क्रान्तिकारी पत्रकार महासंघका कार्यालय सदस्य समेत रहेका पत्रकार लोकराज जैसीले गर्नुभएको थियो ।

पोखराबाट प्राप्त समाचार अनुसार पार्टीका पोलिटब्युरो सदस्य तथा ४ नं. प्रदेश सचिव श्रीनाथ अधिकारी श्यामको प्रमुख आतिथ्यतामा एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा कमरेड श्याम, पार्टी केसहरु निश्चल, रामजीलगायतले मनतव्य राख्नुभएको थियो ।

कंचनपुरबाट पत्रकार धनञ्जय अवस्थिले दिएको जानकारी अनुसार जिल्लामा पार्टीका पोलिटब्यूरो सदस्य तथा ७ नं. प्रदेश पार्टी सचिव चन्द्रहरि सुवेदी‘अटल’को नेतृत्वमा जिल्लाको पार्टी कार्यालयबाट निकालिएको ¥याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेता सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी कपिलवस्तुबाट प्राप्त समाचार अनुसार क्रान्तीकारी माओवादीले जिल्लाको सदरमुकाम तौलिहवाको प्रशासन चोकमा कोणसभाको आयोजना गरी २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टी केस तथा जिल्ला इन्चार्ज निरज केसी, केस पिताम्बार आचार्य लगायतका नेताहरुले उक्त कोणसभालाई सम्बोधन गर्नुभएको थियो ।

प्युठानबाट प्राप्त समाचार अनुसार प्युठान सदरमुकाममा आयोजना गरिएको संयुक्त कार्यक्रमलाई क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य केवी गुरुङलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी १ नंं., २ नं., ६ नं. लगायतका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरि २३ औं जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ ।