
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आयोजना गरेको जनयुद्धको २३ औं दिवसको ऐतिहासिक समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मुलुकमा क्रान्ति आवश्यक र सम्भव रहेको भन्दै त्यसका लागि छरिएर रहेका क्रान्तिकारीहरुलाई एकीकृत र ध्रुवीकृत गर्नुपर्ने र नयाँ ढंगले बन्दुक उठाउने उद्घोष गर्नुभयो ।

क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त समारोहको संचालन नेकपाकी पोलिटब्यूरो सदस्य उमा भूजेलले गर्नुभएको थियो । सम्बोधनको बीच बीचमा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।