दृश्यमा क्रान्तिकारी माओवादी र नेकपाले संयुक्त रुपमा मनाएको २३ औं जनयुद्ध दिवस

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाले देशैभर २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् । जनयुद्धले धक्का खाएको र प्रतिक्रान्ति हावी भएको स्थितिमा फेरि क्रान्तिको उद्घोष गरिरहेका यी दुई पार्टीले संयुक्त रुपमा मनाएको जनयुद्ध दिवस र दिवस समारोहमा दुवै पार्टीका नेताहरुले व्यक्त गर्ने विचारलाई उत्सुकतापूर्वक हेरिरहेका क्रान्तिकारी पंक्ति र जनतालाई यो कार्यक्रमले क्रान्तिकारीहरु बीच एकता र संयुक्त संघर्षको सन्देश दिएको छ ।

देशैभर विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । काठमाडौं उपत्यकामा दुवै पार्टीको केन्द्रीय आयोजनामा विशेष समारोहको आयोजना गरियो । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजित उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी, नेकपा, माओवादी केन्द्रका विद्रोही नेता कार्यकर्ताहरुको खचाखच उपस्थिति रहेको थियो । हामीलाई जिल्ला जिल्लामा भएका संयुक्त कार्यक्रमहरुका दृश्यहरु प्राप्त भएका छन् । जसलाई हामीले फोटो फिचरको रुपमा यहाँ प्रस्तुत गरेका छौं ।