
हेटौडा । मकवनापुरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेशको लहर चलेको छ । क्रान्तिकारी माओवादीको जिल्ला पार्टीले शनिबार हेटौडामा आयोजना गरेको जिल्ला प्रशिक्षण कार्यक्रममा दर्जनौको संख्यामा विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
विभिन्न पार्टी परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुमा सरस्वती स्याङ्तान, अफताव खान, हस्तबहादुर सिलाम, राजु चौकर, सागर स्याङतान, सानुकान्छा घलान, सोनाम थिङ, ज्ञानेन्द्र लामा, नजिर अन्सारी, महम्मद मुस्ताफ, रोशन ठकुरी, विरवहादुर माझी, सुजन स्याङतान, शनि स्याङतान, विजय लामा, जितमान थिङ, निरज स्याङतान, कृष्णकुमार मगर, रंजित थापा, निमकान्त खड्का, सुरज महत, शुशिला पोखरेल, रामहरी खड्का, कृष्ण काफ्ले, राजेश अधिकारी, रमेश सुनार, नमिका थापामगर, सुदिक्षा गिरी, शुशिला परियार, सुनिता परियार, सारा घले, सुमित्रा परियार, सुरेन्द्र सुमार्गी, सुस्मिता परियारलगायत रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले अविर र खादा लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीका ३ नंं. प्रदेश सचिव दिनेश शर्मा सागर, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त बोगटी, केस हरिकृष्ण गजुरेल, स्थानीय कम्युनिष्ट नेता तथा माक्र्सवादी व्यक्तित्व गोविन्द श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको छ ।
नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेको क्रान्तिकारी माओवादीको जारी तीन महिने संगठन तथा जनपारिचालन अन्तर्गत गरिएको प्रशिक्षण कार्यक्रमलाई ‘महान जागरण तथा प्रशिक्षण कार्यक्रम’ नाम दिइएको छ । यसअघि पनि मकवानपुरमा एमाले, माकेलगायतका पार्टी परित्याग गरेर दर्जनौ नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका थिए ।
फोटो तथा समाचार अमिट योञ्जन लामाबाट































