सुपरलिङ्क टेक्निकल कलेजका बिरुद्ध विद्यार्थी संगठनको आन्दोलन जारी

सुपरलिङ्क टेक्निकल कलेजका बिरुद्ध विद्यार्थी संगठनको आन्दोलन जारी

कञ्चनपुर । कञ्चनपुरका विभिन्न पाँच विद्यार्थी संगठनले सिटीईभिटीईबाट सम्बन्धन ल्याएर विद्यार्थी ठगिरहेको भन्दै सुपरलिङ्क टेक्निकल कलेज बिरुद्धमा विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखेका छन् । शैक्षिक विकृतीका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न तयार रहेको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य केशव साउदले जानकारी दिनुभयो । शुक्रबार पाँच विद्यार्थी संगठन, विद्यार्थी, सुपरलिङ्क टेक्निकल कलेज सञ्चालक र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, कञ्चनपुर प्रहरी प्रमुख दिल्ली राज बिष्ट लगायतको जिल्ला प्रशासनकार्यलयमा भएको छलफल विना सहमति टुङगिएपछि विध्यार्थी नेताहरुले आन्दोलन जारी राख्ने बताएका छन् ।

कञ्चनपुरमा रहेका पाँच विद्यार्थी संगठनहरुले सुपरलिङ्क टेक्निकल कलेजका सञ्चालकलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारी कुमार खड्का र कञ्चनपुर प्रहरी प्रमुखले आलटाल गर्न खोजेकोे आरोप लगाएका छन् । अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्ववियु, विप्लव क्रान्तिकारी र अखिल छैटौँले कारवाही गर्न आलटाल गर्न खाजेकोले सुपरलिङ्क सहितका विभिन्न शैक्षिक संस्थाहरुमा भईरहेको विकृती बिरुद्धमा अर्को आनदोलनको तयारी गर्ने समेत चेतावनी दिएका छन् । जिम्मेबार निकायबाटै गलत काम गर्नेलाई मलजल गरिएकोले त्यसका बिरुद्धमा विद्यार्थी संगठनल जस्तोसुकै आन्दोलनकारी कदम चाल्न पछि नपर्ने उनीहरुले ती निकायलाई समेत चेतावनी दिएका छन् ।