काठमाडौं, १९ माघ । आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी निगमले तोकेको मूल्यअनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँले बढाएको हो ।

नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ र्पुयाइएको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत नै रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको र पछि सोही आधारमा भारतीय आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएपछि मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । निगमका अनुसार मूल्यवृद्धिपछि पेट्रोलमा २ रुपैयाँ १ पैसा नाफा र डिजेलमा ३ रुपैयाँ ३७ पैसा अझै घाटा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर