
काठमाडौं, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार श्रम कार्यालय तहाचलका एक कर्मचारीलाई २ लाख ३४ हजार रुपैयाँ घूससहित नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले शुक्रवार विभागका नायव सुब्बा (नासु) खगेन्द्रप्रसाद गौतमलाई उक्त घूस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगको टोलीले कार्यालयका नासु गौतमलाई काठमाडौंको गोंगबुबाट नियन्त्रणमा लिएको हो ।