
काठमाडौ, २७ पुस । नेपाल राष्ट्र बैंकले पुस १९ गते राजश्व संकलनका लागि सम्पूर्ण बैंकहरुलाई खुल्ला राख्न निर्देशन दिएको छ । असोज, पुस, चैत र असार महिनाको २५ गतेपछि शनिबार वा अन्य जुनसुकै सार्वजनिक विदा परे पनि राजश्व संकलन तथा चेक क्लियरिङका लागि बैंक खुल्ला राख्न नेपाल राष्ट्र बैंकको निर्देशन छ ।
बैंकका साथै भन्सार कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजश्व कार्यालयहरु, क्लियरिङ हाउस पनि यी दिनहरुमा खुल्ला रहने छ । यो निदेर्शनले गर्दा सेवाग्राहीलाई सहज हुने भन्दै नेपाल राष्ट्र बैंकले सो निर्देशन दिएको हो ।