माेहन वैद्य ‘किरण’

काठमाडौंं । महन् अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको ऐतिहासिक दिनको अवसरमा पार्टीको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एक प्रेस–वक्तव्य जारी गर्नुभएको छ । नोभेम्बर ७ अर्थात् मंगलबार जारी गरिएको वक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :

“रुसमा लेनिनको नेतृत्व रहेको सर्वहारा वर्गको राजनीतिक पार्टीद्वारा १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएको थियो र आज सो क्रान्ति सम्पन्न भएको एक सय बर्ष पुरा भएको छ । महान् ऐतिहासिक अक्टोबर क्रान्तिले विश्व इतिहासमा गुणात्मक छलाङका रुपमा सर्वहारा अधिनायकत्वको नयाँ युगको थालनी ग¥यो । यस महान क्रान्तिले विश्वव्यापी रुपमा विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई धक्कामूलक प्रभाव पा¥यो र विभिन्न देशमा सर्वहारावर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हुँदै आए । रुसमा एकातिर समाजवाद निर्माणका काम सशक्त रुपमा अगाडि बढ्यो भने अर्कोतिर तेस्रो अन्तर्राष्ट्रियको निर्माण गरी विश्वव्यापी रुपमा क्रान्तिको तयारीको प्रक्रियालाई अगाडि बढाइयो ।
यद्यपि, अहिले सोभियत रुस लगायतका क्रान्ति सम्पन्न भएका विभिन्न मुलुकहरुमा प्रतिक्रान्ति भएका छन् र पुँजीवादी तथा प्रतिक्रियावादीहरुले अब कम्युनिज्मको अन्त भएको घोषणा गरेका छन्, तर त्यो उनीहरुको दिवास्वप्न मात्र हो । माक्र्सले पेरिस कम्युनका सन्दर्भमा भनेझै अक्टोबर क्रान्तिका सिद्धान्तहरु शाश्वत र अविनाशी छन्, जबसम्म विश्व सर्वहारा वर्ग र उत्पीडित मानव जातिको मुक्ति हुँदैन, तबसम्म अक्टोबर क्रान्तिका सिद्धान्त बारम्बार प्रकट भइरहने छन् । अहिलेको पराजय अस्थायी तथा क्षणिक हो, साम्राज्यवाद गंभीर संकटमा फसिरहेको वर्तमान विश्वमा र नेपालमा पनि सर्वहारावर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै छ ।
आज विश्वका विभिन्न देश र नेपालमा पनि अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह निकै उत्साह र उल्लासका साथ मनाइदै छ । यस महान् अवसरमा हाम्रो पार्टी विश्वका सर्वहारावर्ग, उत्पीडित जनसमुदाय र सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी तथा संगठन र हाम्रै देशका जनसमुदाय र पार्टीका कमरेडहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछ । अक्टोबर क्रान्तिको शतवार्षिकी समारोह मनाउनुको सार्थकता र वास्तविक मूल्य साम्राज्यवाद तथा विस्तारवादसहित सबै खाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्नु हो क्रान्तिकारी लाल सलाम !”

प्रतिक्रिया

सम्बन्धित खवर