न्यूयोर्कमा आतंकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते

न्यूयोर्कमा आतंकवादी आक्रमण, आक्रमणकारीले जथाभावी ट्रक चलाएर ८ जनालाई मारे, ११ घाइते

न्यूयोर्क, १५ । न्यूयोर्कको म्यानह्याटनस्थित व्यस्त सडकमा एक आतंकवादीले जथाभावी ट्रक चलाउँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

स्थानीय सुरक्षा अधिकारीका अनुसार मानिसहरु हिँडडुल गर्ने तथा साइकल चलाउने बाटोमा २९ वर्षीय सेफुल्ला साइपोबले जथाभावी ट्रक चलाएका थिए । प्रहरीले उनलाई गोली प्रहार गरी हिरासतमा लिएको बताइएको छ । उनी आप्रवासीका रुपमा २०१० मा अमेरिका प्रवेश गरेको पनि मिडियाहरुले दाबी गरेका छन् । यस्तै उनले चलाएको ट्रक भित्र खानतलाशी गर्दा आईएस सम्बद्ध केही कागजपत्र पनि भेटिएको बताएको छ ।

आक्रमणकारीको साथबाट २ वटा सानो बन्दुक पनि फेला परेको न्यूयोर्क प्रहरीले बताएको छ । उक्त आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिंदै न्यूयोर्कका मेयर बिल ब्लासियोले भने, ‘सर्वसाधारणमाथि गरिएको आतंककारी आक्रमण निन्दनीय छ । छानबिन पछि मात्र हामी थप बाहिर ल्याउन सक्छौं ।’