
काठमाडौं । छुट्टै गोर्खाल्याण्ड माग गर्दै दार्जीलिङ पहाडमा आन्दोलन जारी रहेका बेला आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का एक जना नेताको प्रहरी हिरासतमा मृत्यु भएको छ ।
कालिङपोङका काउन्सिलर समेत रहेका मोर्चा नेता बरुण बुझेलको बुधवार कलकताको एक अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ । जुन देखि प्रहरीको नियन्त्रणमा रहेका ४० बर्षीय भुजेल क्रोनिक लिभर र पैन्क्रीअटाइटिस पिडित रहेको चिकित्सहरुले जनाएका छन् ।
भुजेलको मृत्यु प्रहरी यातनाका कारण भएको मोर्चाका प्रमुख बिमल गुरुङले दावी गरेका छन् । भुजेलको निधन भएपछि एक अडियो सन्देश जारी गर्दै गुरुङले गोर्खा युवा मोर्चा लगायतलाई आन्दोलनमा उत्रिन आह्वान समेत गरेका छन् । मोर्चाले बिहीबारका लागि एक दिने हड्तालको समेत घोषणा गरेका थिए ।
कालिम्पोङ नगरपालिका–१६ वडाका निवासी भुजेलको प्रहरी हिरासतमा मृत्युभएपछि दार्जिलिङमा नयाँ हलचल पैदा भएको छ । भुजेलको समर्थनमा पूरै सहर बन्द गरिएको छ । भुजेल मृत्युलाई हत्याको संज्ञा दिंदै चौतर्फी विरोध गरिएको छ ।