काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले झण्डै २२ वर्षपछि दशैंको टीका लगाएका छन् ।

उनले मामा ससुराको हातबाट लाजिम्पाटस्थित निवासमा दशैंको टीका जमरा लगाएका हुन् । त्यसपछि उनले पत्नी सिता दाहाललाई टीका लगाइदिएका थिए ।

प्रचण्डको हातबाट टीका लगाएपछि सिता दाहालले भने छोरा बुहारी, छोरी ज्वाइँ, नाती, नातिनालाई टीका लगाइदिएकी थिइन् ।

यसअघि प्रचण्डको सचिवालयले नै दशैंमा टीका नलगाउने र पारिवारिक भेटघाट गरेर रमाइलो गर्ने कार्यक्रम रहेको बताएको थियो । तर, छोरा प्रकाश दाहालले फेसबुकमा परिवारका सबै सदस्यहरुले दशैंको टीका लगाएको फोटो सार्वजनिक गरेका थिए ।

प्रचण्डले दशैं नमनाएको भनेर हिन्दु धर्मका कट्टर समर्थकहरुले आलोचना गर्दै आएका थिए । एमाले कार्यकर्ताहरुले प्रचण्ड दशैंको विरोधी भनेर सामाजिक सञ्जालहरुमा स्टाटस राखेर भाइरल बनाएका थिए ।

आसन्न निर्वाचनको बेला त्यसले नकारात्मक असर पर्न सक्ने ठानेर योजनावद्ध रुपमा प्रचण्डले दशैं मनाएको तस्वीर सार्वजनिक गरेको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर