फार्इल फोटाे

काठमाडौं । काठमाडौंको असनकी तीन वर्षीया बालिका तृष्णा शाक्यलाई नयाँ जीवित देवी कुमारी घोषणा गरिएको छ ।

काठमाडौं, मञ्जुश्री नकमहा विहारका विजयरत्न शाक्य र सिर्जना शाक्यकी छोरी तृष्णालाई नयाँ कुमारी घोषणा गरिएको हो ।

गुठी संस्थान, तलेजुभवानी मन्दिरका मूल पुजारी, राजगुरु, कुमारीघरका चिताहदार, राजज्योतिषी, शाक्य महाविहार संघलगायतका प्रतिनिधिहरुले नयाँ कुमारीको घोषणा गरेका हुन् ।

नयाँ कुमारीलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग परिचयसमेत गराइएको छ ।

मंगलबार हनुमानढोका दरबारमा भएको पत्रकार सम्मेलनमा तलेजु मन्दिरका मुख्य पूजारी उद्धवमान कर्माचार्यले राष्ट्रपति भवन शीतल निवासमा धार्मिक परम्पराअनुसार गोयदान गरी नयाँ कुमारीलाई राष्ट्रपतिसँग परिचय गराइएको जानकारी दिए ।

बिहीबार महाअष्टमीका दिन तलेजु भवानीको मन्दिरमा बज्रयानी र तन्त्र परम्पराअनुसार पूजा गरी नयाँ कुमारीलाई विधिवत्रुपमा स्थापित गरिनेछ ।

त्यसपछि नयाँ कुमारीलाई कुमारीघरमा रहेको ९ ग्रहमाथि रहेको मयूर स्वर्णसिंहासनमा राखी पूजा गरिसकेपछि अहिलेसम्म मानिँदै आएकी कुमारीलाई बिदा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर