रुपन्देहीको सिद्धबाबामा पहिरो खसेर कार र ट्रक पुरिदा २ जनाको मृत्यु

रुपन्देहीको सिद्धबाबामा पहिरो खसेर कार र ट्रक पुरिदा २ जनाको मृत्यु

बुटवल । रुपन्देहीको सिद्धबाबा सडकमा खसेको पहिरोले ट्रक र कार पुर्दा २ जनाको मृत्यु भएको छ ।

पहिरो हटाएर एकतर्फी सडक सुचारु गराएको केहीबेरमै पुनः खसेको पहिरोले दुई जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर मृत्यु भएका दुवै जनाको सनाखत भएको छैन ।

पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । ट्रक र कार पहिरोसँगै आएका ढुंगाले किचेर क्षतिग्रस्त बनेका छन् ।

पहिरोमा केही व्यक्ति पुरिएको अनुमान प्रहरीले गरेको छ । तर, केही पनि खुलेको छैन ।

सडकमा पहिरो खसेपछि बाटोमा सवारीको लाम लागेको छ । पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन् । तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा पहिरो खसेको हो ।

सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।