बाँके । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बाँकेको बैजनाथ गाउँपालिको प्रथम भेलाले संयोजकमा सुदिश कुमार थारुलाई चयन गरेको छ । हालै भएको उक्त भेलाले थारुको संयोजकत्वमा १३ सदस्यीय गाउँपालिका स्तरिय कमिटि गठन गरेको हो ।

हरिराम थारूले संचालन गरेको उक्त भेलालाई सम्मोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सङ्कुलले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निमित्त नेपाली विशिष्टतामा सशस्त्र जनविद्रोहको कार्यदिशा सहि र वैज्ञानिक भएको कुरा राख्दै यो कार्यदिशा लाई भरमग्धुर सहयोग पु¥याउनका लागि देजमोको महत्वपूर्ण भूमिका रहने कुरा उल्लेख गरे ।

हार्दिक शुभकामना !

देजमोका जिल्ला संयोजक तेज बिक्रम शाहीले नव गठित समितिलाई शुभकामना सहित मोर्चाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न र गराउन निर्दिष्ट गरे । प्रदेश सदस्यहरू पीटि , बिराट, बिमल, मुक्त, हरि लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर