बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ बर्दियाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा आयुष न्यौपानेलाई निर्वाचित गरेको छ । बर्दियाको सदरमुकाम गुलरियामा बुधबार सम्पन्न सम्मेलनले अध्यक्षमा न्यौपाने, सचिवमा तुस्मा अधिकारी, कोषाध्यक्षमा दुर्गा बजगाई र ७ सचिवालय सदस्यसहित पाँच सदस्य पछि थप्ने गरी १९ जनाको जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । सम्मेलनले मनराज कठायत, अर्जुन चौधरी, अनु अधिकारी र राजविक्रम चौधरीलाई सचिवालय र इन्द्रा घोडासैनी, दिपा न्यौपाने, पवित्रा चौधरी, सिता चौधरी, हेमराज गिरी, दिपिका रिजाल र भगवति पाण्डेलाई सदस्यमा निर्वाचित गरेको हो ।
सम्मेलनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, प्रेस युनियनका अध्यक्ष विनय राजभण्डारी, प्रेश क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे, नागरिक समाज सञ्जालका अध्यक्ष बालकृष्ण ओली, पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्मा, प्रेश चौतारीका सचिव यज्ञ प्रसाद सापकोटा, बबई एफएमकी पत्रकार गोमा बिष्ट लगायतले श्रमजीवी पत्रकारको पेशागत अधिकारको लागि एकताबद्ध भएर संघर्ष गर्नुपर्ने धारणा राखे ।

 आयुष न्यौपानेको सभापतित्वमा सम्मन्न सम्मेलनमा प्रमृुख अतिथ्यता क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले गरेका थिए भने विशेष आतिथ्यता नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाकी सेक्रेटरी दुर्गा अधिकारीले गरेकी थिइन् । सो अवसरमा नेकपा एमाले पार्टी छाडेर पत्रकार मनराज कठायत क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । उनलाई पार्टी सेक्रेटरी अधिकारीले स्वागत गरेकी थिइन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर