आज देश यतिबेला असाध्यै ठूलो कोलाहरबाट गुज्रिरहेको छ । अति वर्षात्का कारण पहाडी भैगाुलमा पहिलो र मधेसमा सारा वस्तीको डुबान र बाढीका कारण सयों मानिसहरुको ज्यान गइसकेको छ भने लाखौंलाख मानिसहरुको जीवन अस्तव्यस्त बन्न पुगेको छ । जनता जतासुकै राज्यविहीनताको अनुभूति गरिरहेका छन् । सदाबहार दैनिकीभन्दा थोरै पनि प्राकृतिक विपत्तिहरुको सामना गर्न राज्यसँग न त कुनै पूवृ तयारी र योजना छ न त साधनस्रोत नै । जनता देशको सरकारसँग भन्दा एनजीओ, आईनजीओमा अन्य सामाजिक संघसंस्थाप्रति आशा र भरोसा राख्छन् । यदि कथंकदाचित सरकारले कुनै राहत या अन्य जोखिम उठाउनका निम्ति पहल लिन खोज्यो भने पनि एकातिर योजना कार्यान्वयन प्रभावकारी हुँदैन भने अर्काेतिर सम्बन्धित विभाग र मन्त्रालयका अगुवाहरुको निम्ति भ्रष्टाचारको गतिलो माध्यम बन्दछ । यो प्रवृत्ति तल्लोस्तरको जनतासम्म नांगो रुपमा स्थापित छ । जसकारण राज्यप्रति जनताको विश्वास र भरोसाको मनोविज्ञान टुटेको छ लाचार र छायाँ सरकारको भद्दा नमूना आजबाट होइन विगतमा भारतीय शासकहरुका सामु लम्पसार परेर गरिएका कैयौं राष्ट्रघाती सन्धि र सम्झौताहरु हुँदा नै सुरु भएको थियो । कोशीबाँध र भारतीयहरुको पूर्ण हितका खातिर निर्माण गरिएको थियो । न कि नेपाली जनहित, राष्ट्रहितका निम्ति । कोसी सम्झौतापश्चात देशमा थुप्रै व्यवस्थाहरु फेरिए, शासकहरु फेरिए तर कुनै पनि राष्ट्रघाती सन्धि, सम्झौताहरुको कम, फुलिस्टमसम्म फेर्न सकिरहेको छैन किन ? देशमा वैदेशिक दलालहरुको हातमा सत्ता रहुञ्जेल देश र जनताले यही नियति भोगिरहनुपर्ने छ ।
राष्ट्रियता र जनहितका सामु सरकारको लाचारी र निरीहताको भद्दा नमूना त आजकल सामाजिक सञ्जालहरुमा विदेशमा बेचिएका, विविध कारणले जीवनको जोखिम मोलिरहेका हजारौं आफ्ना नागरिकहरुलाई केही पनि गर्न नसकिरहेको दृश्यबाट छर्लङ्ग हुन्छ । एकाध व्यक्ति या संघसंस्थाहरुको पहलमा गरिएको उद्धारबाट हर्षका आँशुक बगाइरहेका नागरिकहरुका अन्तर्वार्ता र भनाइहरुले देशका आम मानिसहरुको संवेदनालाई उद्वेलित गराइरहेको छ । यिनै श्रमिकहरुले पठाएको रेमिट्यान्सहरुबाट देशको प्रतित अर्थतन्त्र धानिरहेको छ । सरकार यसमा निकै गर्व गरिरहेको छ तर तिनै नागरिकहरुको जिउधनको सुरक्षा खातिर सरकारको उपस्थिति शून्य प्रायः छ । योभन्दा लाचारी अरु के हुन सक्छ ।
वर्षात्ले निम्त्याएका कैयौ विपत्ति, हैरानी र शोकाकुल परिवेशसँगै वर्षात्ले विस्तारै बिदा लिंदैछ भने हाम्रो थुप्रै चाडपर्वहरु नजिक आइरहेका छन् । दुःख, खुशी÷रुवाइ– हाँसो÷पीडा सन्तोष शायद यही होला जीवनको द्वन्दवाद । यतिबेला हिन्दू महिलाहरुको उल्लासपूर्ण चाड तिज नजिकै आइरहेको छ । हरेक रहेका हरेक चाड र पर्वहरुका आ–आफ्नै ऐतिहासिक पृष्ठभूमिहरु रहेका रहेका हुन्छन् । तत्कालीन समाजको निर्देशित दर्शन, विचार र त्यसमा आधारित राजनीतिक÷सामाजिक व्यवस्थाको प्रभाव र पहुँचको शक्तिको आधारमा त्यस व्यवस्थाको रक्षा, प्रचार र टिकाउका निम्ति विभिन्न मूल्य र मान्यताहरुलाई स्थापित गरिएको हुन्छ । तिज पर्व पनि यसकै एउटा रुप हो । सामन्तवादी युगमा दर्शन र विचारको क्षेत्रमा निकै ठूलो विकास गरेको पाइन्छ । खासगरी सामन्ती व्यवस्थाको रक्षाका खातिर दार्शनिक, वैचारिक र राजनीतिक सिद्धान्त, मूल्य र मान्यताहरुको क्षेत्रमा निकै व्यवस्थित विककास भएको पाइन्छ । जो आजसम्म आम मानिसहरुको मनस्तिष्कमा धार्मिक मूल्यको रुपमा निकै जब्बर रुपमा स्थापित छ । हरेक देशका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरु जो, समाजलाई द्वन्दात्मक भौतिकवादमा आधारित जीवन दर्शनले दिशा–निर्देश गर्न चाहन्छन् । उनीहरुका निम्ति जनताको मनमस्तिष्कमा जमेर बसेको अलौकिक अदृश्य अध्यात्मवादी चेतको भ्रमबाट मुक्त गर्नु निकै ठूलो चुनौती रहेको छ । तिज पर्वकै बारेमा पनि कम्युनिष्ट महिलाहरुले यसलाई कसरी बुझ्ने र कसरी लिने भन्ने बारेमा लामो समयदेखि एउटा बहस र अभ्यास हुँदै आएको छ ।

हामीले यसलाई कसरी बुझ्ने ?
धार्मिक मान्रुयताअनुसार महादेव पति प्राप्त गर्नका निम्ति पार्वतीले गरेको कठोर त्याग र तपस्यापश्चात् जसरी महादेव पार्वतीको मिलन भयो, यसको अर्थ पार्वतीको ९यलभ कष्मभ यिख० एकोहोरो प्रेम सफल भएको दिनलाई हरियाली तिज या हरितालिका तिज पर्वको रुपमा स्थापित गरिंदै आएको मानिन्छ । यसको अर्थ सामन्तवादी समयमा खासगरी सत्तामा शक्तिमा रहेका मान्छेहरु बीचको प्रेमलाई मान्यता दिने चलन कायम रहेको मान्न सकिन्छ । तर यसमा महिलाहरुको एकोहोरो तपस्याको माग गरिएको छ । प्रेममा समर्पण र त्याग दोहोरो हुन्छ । पार्वतीको जुन त्याग र समर्पणको गुणगान गाएर आजको आधुनिक युगका महिलाहरुमा प्रेमको सफलताको निम्ति प्रेमले भरिपूर्ण दाम्पत्य जीवनको सफलताको निम्ति महिलाहरुको जुन त्याग र समर्पणको माग गरिएको छ । त्यो आफैमा गलत मान्यतामा आधारित छ । प्रेम जीवन या दाम्पत्य जीवनको सफलताका निम्ति कम्युनिष्टहरु महिला पुरुषकै समान भूमिका, समान समर्पण र दायित्व रहने मान्यतामा विश्वास राख्दछन् । तर हिन्दू समाज आज पनि सामन्तवादी दर्शन र विचारबाट निर्देशित रहेको हुँदा पतिव्रताको मान्यता हावी रहेको छ । यसले समाजमा अहिले पनि महिलाहरु पुरुष अधिनस्थ हुन र पुरुषहरुको पूज ागर्नु, पाउँ पर्नु महिलाहरुको नियति या कर्तव्य हो भन्ने मान्यता राख्दछ । यो पर्वले समाजमा पारिवारमा महिलाहरुको सहअस्तित्वलाई स्वीकार्दैन भने अर्काेतिर पितृसत्तावादको भरपूर पक्षपोषण गरिउको छ । जसमा पुरुषहरुलाई महिलाहरुप्रतिको समर्पणको आवश्यतालाई बाहिर राखिएको छ । यसको अर्थ पुरुषले मन परेको महिला प्राप्त गर्न कुनै त्यागको जरुरी पर्दैन किनकि मन परेपछि प्राप्त गर्नु उसको अधिकार हो । यसको यो पनि अर्थ लाग्दछ कि पुरुष आफ्नो प्रेमिका या श्रीमतीप्रति निष्ठावान भइरहनुपर्दैन । उसले घरमा श्रमिती हुँदाहुँदै अरु महिलाहरुसँग पनि सम्बन्ध कायम राख्न सक्दछ । यसको अर्थ तिज पर्वले सामन्ती पितृसत्तावादलाई बलियो बनाउन निकै ठूलो भूमिका खेलेको छ ।
यसलाई चिर्ने सम्बन्धमा जे–जति भूमिका भएका छन् । त्यो निकै गौण छ । ग्रामीण भेगमा सामन्तवादी उत्पादन सम्बन्ध कायम छ । या साना कृषि उत्पादनमा जमिनमा साना किसानको स्वामित्व कायम छ । जसको धरातलमा उभिएको चेतना पनि सामन्तवादी नै छ । जसले महिलाहरुलाई अहिले पनि नजानिदो रुपमा दोस्रो दर्जामा राखेर हेर्दछ । त्यसैले ग्रामीण भेगबाट तिज पर्वको मूल्यलाई निकै ठूलो अर्थमा ग्रहण गरिन्छ । ग्रामीण भेगमा महिलाहरुप्रति अहिले पनि दमन र उत्पीडन रहेको छ । ग्रामीण महिलाहरुले यस पर्वको अवसरमा सबै एक ठाउँ भेला भएर समाजमा महिलामाथि जारी उत्पीडन बाहिर ल्याउने गतिलो माध्यम या आफ्ना वर्षाैदेखि मनमा गुम्एिका भावनाहरुलाई पोख्ने वैधानिक मञ्चको रुपमा प्रयोग गरेको पाइन्छ । तर शहरमा रहेका पढे, लेखेका बौद्धिक मानिने महिलाहरु यसको वास्तविकतालाई बाहिर ल्याउन पहलकदमी लिन चाहेको देखिंदैन । अर्काेतिर तिज पर्वको मूल मारुन्यता सामन्तवादी नै भए पनि महिलबाट गरिएको प्रेमले स्वीकृति प्राप्त गरेको दिनको रुपमा जसरी यसलाई मानिन्छ, त्यसको मूल मर्मलाई नै तोडमोड गरेर छाडावादमा ढाल्ने प्रवृत्ति निकै प्रभावशाली रहेको छ । यसले महिलाहरुमाथि सदियौंदेखि जारी मान्यतालाई भतउन मद्दत होइन अझ असहयोगको भूमिका खेलिरहेको छ । महिलाहरुप्रतिको सामन्तवादी मूल्य मान्यताप्रति महिलाहरुको सचेत र संगठित विद्रोह जरुरी छ । त्यो दर्शन, विचार, चिन्तन, संस्कार, संस्कृति, शिक्षा, राजनीति हरेक ठाउँमा महिलाहरुको पुरुषसँग सहअस्तित्वलाई कसरी स्थापित गर्ने ? यो हाम्रो सामुको चुनौती हो । यसका निम्ति सचेत रुपको बौद्धिक, सांस्कृतिक पहल जरुरी छ । त्यसको निम्ति संगठित र सचेत विद्रोहको माग गर्दछ । आज नेपाली समाजमा एकातिर सामन्ती उत्पीडनबाट दबिएको दमित चेतना हावी छ भने अर्काेतिर त्यसलाई अस्वीकार गर्ने नाममा अराजकतावादी चेतना हावी छ । महिलाहरुप्रति हेर्ने, बुझ्ने र व्यवहार गर्ने प्रवृत्ति, चिन्तनमा परिवर्तन ल्याउनका निम्ति सचेत बौद्धिक रुपको संगठित विद्रोह जरुरी छ ।
आज कम्युनिष्ट विचारमा विश्वास राख्ने कैयौं महिला संगठनहरु तिजको मन्त्रलाई उपयोग गर्ने नाममा त्यही संस्कृतिमा ढल्दैगएको देखिन्छ भने अन्य संगठनहरुको पहलकदमी पनि त्यति प्रभावकारी देखिंदैन । तिज पर्वभित्र लुकेको पितृसत्तावादी मूल्य र मान्यताहरुलाई बाहिर उजागर गर्न, त्यसको भण्डाफोर गर्न र त्यसको ठाउँमा महिला, पुरुष सहअस्तित्वपूर्ण सम्बन्ध, मूल्य र मान्यताबाट सञ्चालित समाज स्थापित गर्नका निम्ति सम्पूर्ण प्रगतिशील क्रान्तिकारी, वामपन्थी, देशभक्त सबैखाले तर सशक्त भूमिको जरुरी पर्दछ ।
मालेमावादको वैचारिक आलोकमा निर्देशित क्रान्तिकारी संगठनको नेतृत्वमा गरिने सचेत र संगठित विद्रोहद्वारा स्थापित गरिने नयाँ जनवादी राज्य व्यवस्थामा मात्र पहिला पुरुष समाज अस्तित्व कायम भएको सामाजिक मूल्यसहितको समाज स्थापित गरिने नयाँ जनवादी राज्य व्यवस्थापनमा मात्र महिला–पुरुष समान अस्तित्व कायम भएको सामाजिक मूल्यसहितको समाज स्थापित गर्न सम्भव छ । आजका आम हिन्दू धर्मावलम्बी महिलाहरुमा कायम रहेको पित्तृसत्तावादी सोचलाई मालेमावादी वैचारिक आलोकबाट मात्र बदल्न सकिन्छ । क्रान्तिकारी महिला संगठनहरुको यो नै आजको चुनौती रहेको छ ।
२०७४÷११÷०२
महिला मुक्ति र तिज