काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले केही दिन यतादेखि अविरल वर्षासँगै आएको विनाशकारी बाढी पहिरोमा परी ज्यान गुमाएका ब्यक्तिहरु प्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना एवं दुःख ब्यक्त गरेको छ ।
साथै बेपत्ताहरुको यथासिघ्र खोजी कार्य, उद्धारको लागि सरकारसँग माग तथा आमपंक्तिलाई परिचालनको लागि आव्हान पनि गरेको छ ।
मोर्चाका केन्द्रीय अध्यक्ष सी. पी. गजुरेलले आज जारी प्रेश विज्ञप्तिमा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित सम्पूर्ण पिडितहरुलाई यथासिघ्र राहत, पुनस्र्थापना र उचित व्यवस्थाको माग पनि नेपाल सरकारसित गरेका छन् ।
विज्ञप्तिमा भारतले नेपाल–भारत सीमामा एकलौटी ढंगले बाँधेको बाँधका कारण गम्भीर एवं विकराल समस्या उत्पन्न भएको भनिएको छ ।
भारतले सीमा सम्बन्धि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरी मिचाह र हेपाहा प्रवृत्तिबाट प्रताडित नेपालीहरुको समस्या समाधानको लागि भारत सरकारसँग यथासिघ्र आवश्यक पहल लिन नेपाल सरकारसँग जोडदार मोर्चाले माग पनि गरेको छ ।