काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
योजना आयोगका निवर्तमान उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले मंगलबार राजीनामा दिएपछि सरकारले नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।
बिहीबार उपाध्यक्षमा नियुक्त वाग्ले यसअघि श्रेष्ठ र गोविन्दराज पोखरेल उपाध्यक्ष हुँदा आयोगको सदस्य थिए ।
कांग्रेसको सिफारिसमा लगातार दुई कार्यकाल सदस्य बनेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
योजना आयोगको उपाध्यक्षमा डा.वाग्लेले विश्व बैकको मुख्यालय वासिङटनमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनले नीति विश्लेषकको रुपमा काम गरेका छन् ।