
काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै अनशनमा बसेका डा.गोविन्द केसीको मागको समर्थनमा डाक्टरले ओपिडी सेवा बहिस्कार गरेका छन् ।
डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि माग सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै आवासीय डाक्टरले ओपिडी सेवा बहिस्कार गरेका हुन् ।
ओपिडीसहित पठनपाठनका कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने नेशनल रेजिडेन्ट डक्टर्स एसोसियसनले जनाएको छ । डा. केसीको माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय डाक्टरले ओपिडी सेवा बहिष्कार गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा हाल ३ सय ५० आवासीय डाक्टर छन् । आवासीय डाक्टरले सेवा बहिष्कार गर्दा विरामीको उपचार भने प्रभावित हुने भएको छ ।
यसैबीच डाक्टर केसीको मागबारे बुधबार पनि वार्ता हुँदैछ । मंगलबारको वार्ता सफल नभएपछि बुधबार फेरि वार्ताको तयारी भएको हो ।
गोविन्द केसी चिकित्सा क्षेत्रको सुधारका लागि ११ औं पटक अनशनमा बसेको १० औं दिन भइसकेको छ ।