देजमो केन्द्रीय समितिको बैठक सम्पन्न, प्रादेशिक संरचना अनुसार नेताहरुको कार्यविभाजन

देजमो केन्द्रीय समितिको बैठक सम्पन्न, प्रादेशिक संरचना अनुसार नेताहरुको कार्यविभाजन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय समितिको साउन १ र २ गते बसेको बैठकले प्रादेशिक संरचना अनुसार नेताहरुको कार्यविभाजन गरेको छ । मोर्चाका कार्यालय सचिव हरिकृष्ण गजुरेलका अनुसार मोर्चाको १ नं. प्रदेश संयोजकमा नगेन्द्र राई, २ नं. प्रदेश संयोजकमा कमल चौधरी, ३ नं. प्रदेश संयोजकमा पवन मान श्रेष्ठ, ४ नं. प्रदेश संयोजकमा केश बहादुर परियार, ५ नं. प्रदेश संयोजकमा केवी गुरुङ, ६ नंं .प्रदेश संयोजकमा चक्रपाणी शर्मा, ७ नं. प्रदेश संयोजकमा रामबहादुर केसी रहने गरी कार्यविभाजन गरिएको छ ।

बैठकले किरण शाही (काठमाडौं) र मनोहर लामिछाने (सल्यान) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ भने भक्तराज थापा, किरण शाही, सचिर महर्जन र हरिकृष्ण गजुरेललाई मोर्चाको सचिवालयमा राखिएको छ । मोर्चाको बैठकले तात्कालिक अवस्थामा स्थानीय विशेषताहरुमा स्थानीयरुपमा संघर्षको उठान गर्न सक्ने मुद्दा र विषयहरुको सम्भावनालाई मेहनतपूर्वक खोज, अध्ययन गर्ने र त्यसमा अध्ययनको निष्कर्षका आधारमा संघर्षका कार्यक्रमहरु ठोस गर्ने निर्णय गरेको छ ।