काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजदेखि सुरु हुँदैछ ।

शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।

ईपिएस परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः१० बजेसम्म सञ्चालन हुनेछ भने दोस्रो सिफ्ट दिउँसो १२ बजेदेखि ३ः१० सम्म हुनेछ ।

पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजार पाँच सय ८० जनाले आवेदन दिएका छन् । जसमध्ये ९ हजार ७ सय ९६ महिला तथा ६५ हजार ७ सय ८४ पुरुष आवेदक रहेको शाखाले जनाएको छ ।

परीक्षामा सहभागीमध्ये १० हजार दुई सय उत्तीर्ण परीक्षार्थीले सन् २०१८ मा कोरिया जान पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर