काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् ।

शुक्रबार विहान परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले वान बेल्ट वान रोड (ओबिओआर) मा हस्ताक्षर गरेका हुन् ।

परराष्ट्रमन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको सम्वन्धमा महत्वपूर्ण पाइला भएको बताए ।

मन्त्री महतले रोड र रेल वे कनेन्टिभिटी महत्वपूर्ण रहेको भन्दै यस क्षेत्रमा लगानी होस् भन्ने चाहेको बताए ।

नेपाललाई धेरै ठूलो बैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उनले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ पाउने विश्वास व्यक्त गरे ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।

केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर