काभ्रे । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काभ्रेको नमोंबुद्ध नगरपालिका, वडा नं. ९ को एक भेलाले वडा अध्यक्षमा ज्ञान बहादुर लामालाई निर्वाचित गरेको छ । सोमबार सम्पन्न भेलाले लामाको अध्यक्षतामा १५ सदस्यीय देजमोको वडा कमिटि गठन गरेको काभ्रे देजमोका नेता टेक बहादुर वि.क.ले जानकारी दिए । भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला संयोजक तथा केस सोमान सिङ तमाङ्ग, नेता विकलगायतको उपस्थिति रहेको थियो । भेलाले गणेश बहादुर तमाङ्ग, सीता तमाङ्ग, हिरामाया लामालगायतलाई वडा सदस्यमा चयन गरेको छ ।































