
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई कानुन हातमा नलिन चेतावनी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका नेता ओलीले सोमबारको व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै नवराज सिलवाल पक्राउ प्रकरणलाई लिएर अहिलेको सरकार ध्रुवे हात्ती जस्तै भएको टिप्पणी गरेका छन् ।
उनले सिलवाललाई बिना कारण पक्राउ गरिएको भन्दै आलोचना गरे । लोकतन्त्र भनेको अराजकतन्त्र नभएको उल्लेख गर्दै ओलीले भने, ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रवे हात्तीको कुरा सुनेको थियो । ध्रुवे हात्ति जस्तै छ यो सरकार ।’
कानुन राज हुन्छ कि स्वच्छाचारी राज भन्ने प्रश्न गर्दै उनले बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्दा सर्वसाधारणलाई के गर्नु हुन्छ ?
आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकार नै हेरफेर गरेको आरोप लगाए । उनले कुनै डीआईजीलाई आइजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।