काठमाडौं । टिम चौराहा जारी धनगढी प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा पारस खड्काको कप्तानिमा रहेको टिम चौराहाले शक्ति गौचनले कप्तानी गरिरहेको रुपन्देही च्यालेन्जर्स ९२ रनले हरायोे । अब चौराहाले उपाधिका लागि शनिबार बिराटानगर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणका ५ मध्ये मात्र दुई खेल जितेको टिम चौराहा रन रेटको आधारमा चौथो स्थानमा रहँदै अघिल्लो चरण पुगेको थियो ।
समूह चरणको अन्तिम खेलमा रुपन्देही र टिम चौराहा नै भिडेका थिए र प्ले अफमा स्थान बनाउन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले १४ ओभरमा भेट्टाउनु पर्ने थियो । पारसले २१ बलमा ४२ रन बनाएपछि ११ ओभरमा नै लक्ष्य पुरा गर्दै टिम चौराहा अघिल्लो चरण पुग्यो ।
बिहीबार पनि पारसको राम्रो प्रदर्शनको कारण रुपेन्देहीलाई पन्छाउँनै त्यति गाह्रो भएन र टिम चौराहा फाइनलमा पुगेको हो ।