रुपन्देहीमा देजमोको सांगठानिक अभियान तीव्र

रुपन्देहीमा देजमोको सांगठानिक अभियान तीव्र

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल, रुपन्देहीले बुधबार देवदहको खैरेनीमा चुनाबी अभियान तथा भेला सम्पन्न गरेको छ । स्थानीय चुनावलाई क्रान्तिकारी उपयोगको नीति लिएको मोर्चाले चुनाबी अभियान अन्तरगत खैरेनीमा भेला सम्पन्न गरेको हो । भेलाले बिरबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय मोर्चाको देबदह नगर समिति गठन गरिएको छ ।

समितिमा चिरञ्जिवी काफ्ले,शेरबहादुर बि.क.,गोरी थापा, सोमबहादुर गुरुङ, लक्ष्मी चौधरी,भीमलाल काफ्ले,सरला शर्मा,खुमबहादुर गाहा सदस्य रहेका छन् भने सल्लाहकारमा निमकला पुन, ऋषिराम लामिछाने, राजु भुजेल रहेका छन् । भेलाले स्थानीय चुनाब सम्पन्न गर्न आर्थिक व्यवस्थापनका लागि ऋषिराम लाछिाने,बिरबहादुर गुरुङ,चिरञ्जिवी काफ्ले रहेको तीन सदस्यीय आर्थिक समिति गठन गरिएको मोर्चाले जनाएको छ । भेलामा नेकपा क्रान्तिकारी माओवादी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारी,सचिवालय सदस्य बिनोद मरासनी,ऋषिराम लामिछाने,शेरबहादुर बि.क.लगायतले सम्बोधन गरेका थिए । मोर्चाका अनुसार रुपन्देहीमा दुई टोली चुनाबी अभियानमा लागेको छ । चैत्र २८ बाट शुरु भएको मोर्चाको पहिलो अभियान बैशाख ५ गते समापन हुंने जनाएको छ । मोर्चाले प्रतिगामी, प्रतिक्रियावादी र प्रतिक्रियावादी उन्मुख राजनैतिक दलसंग चुनाबी तालमेल नगर्ने जनाएको छ ।