ताप्लेजुङ । बैशाख २ गते ताप्लेजुङ्ग जिल्लाको सदरमुकाम फुङलिङ्ग बजारमा देजमोको प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ । भेलाले गणेश पोमूलाई मोर्चाको जिल्लामा निर्वाचित गरेको छ । गणेश पोमूको सभापतित्वमा भएको भेलाले उपाध्यक्षमा मनि राई, सचिवमा विरहाङ श्रेङचङवाङ र कोषाध्यक्षमा मञ्जु राईलाई निर्वाचित गरेको छ । उत्तम प्रसाद राईले संचालन गरेको भेलाले जिल्ला सदस्यहरुमा तेज कुमार विस्ट, सोनी पालुङवा, मान प्रसाद थेम्बु, युनिसा लिवाङ्ग, लिलता श्रेङचङवाङ्ग, बचत कुमारी वनेम, सबिन लिम्बु, सन्तोष श्रेङचङवाङ्ग, डम्बर श्रेङचङवाङ्ग, तुलसी बास्कोटा, डिकेन्द्र श्रेङचङवाङ्ग, राम प्रसाद पौडेल, टासी शेर्पा लगायत चुनिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज के.वि.फुदोङ्ग प्रमुख आतिथ्यता र पार्टीका केस तथा बेलाय राज्यका इन्चार्ज तथा विगेसो सभापति पदम सुन्दर लिम्बूको विशेष आतिथ्यता रहेको उक्त भेलामा पार्टी राज्य समिति सदस्य तथा विगेसो महासचिव छिरिङ्ग शेर्पा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विरहाङ्ग चोङबाङ्गले स्वागत मन्तव्य राखेको भेलामा प्रमुख अतिथि फुदोङ, विशेष अतिथि लिम्बूले देजमोको निति कार्यक्रमको बिगेसोले पूर्ण रुपमा समर्थन गर्ने र नेपालको हरेक खाले उत्पीडनको विरुद्धमा काँधमा काँधमा मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
भेलोले संगठन विस्तार गर्ने, मोर्चाको कार्यालय स्थापना गर्ने, स्थानिय निर्वाचनको उपायोगका निम्ति उम्मेदवारहरुको छनौट गर्ने, भ्रष्टाचार कालाबजारी, घुसखोरी लगायत विकृति विसंगतिका विरुद्ध संघर्ष गर्ने, जातिय क्षेत्रिय लिङ्गीय , बर्गीय उत्पीडन विरुद्ध संघर्ष गर्ने र पहिचान सहितको संघीय राज्य स्थापनाका लागि संघर्ष गर्ने लगायतका निर्णय गरेको भेला पश्चात नव निर्वाचित मोर्चाका जिल्ला अध्यक्ष गणेश पोमूद्वारा आइतबार जारी वक्तव्यमा उल्लेख गरिएको छ ।