तुलसीपुर. बैशाख १ गते शुक्रबार घोराही उपमहानगर–३, बेलुवामा आयोजित भेलाले पदमप्रसाद अधिकारीको संयोजकत्वमा नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको घोराही उपमहानगर स्तरीय एरिया कमिटी गठन गरेको छ ।
भेलालाई पार्टीका केन्द्रीय सदस्य हिरामणि दुःखी, केन्द्रीय सल्लाहकार माधव खनाल, देजमोका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक यमबहादुर शाह, पार्टीका जिल्ला सेक्रेटी अमर पोखरेल, मधुसुदन वैद्य, देजमो जिल्ला सचिव ईश्रीप्रसाद गैरे लगायतले सम्वोधन गरेका थिए ।
भेलामा बोल्ने वक्ताहरुले आसन्न स्थानीय निर्वाचनमा मोर्चाले प्रतिगामी संविधानको खारेज गरि जनगणतान्त्रिक संविधान निर्माणका लागि उपयोग गर्नुपर्ने कुरा बताए । चुनाव उपयोगको औचित्य बारे स्पष्ट गर्दै संसदीय व्यवस्थाको भण्डाफोर र जनवादी क्रान्तिको तयारीका लागि अरु पार्टी भन्दा आपूmहरु फरक ढंगले चुनावमा जान चाहेको बताए ।
भेलाले ७ सदस्य पछि थप गर्ने गरि २५ सदस्यिय कमिटी गठन गरेको छ । सदस्यहरुमा राजेश्वर चौधरी, सरिता चौधरी, ढुण्डिराज ओली, शन्ति चौधरी, बेदबहादुर नेपाली, शुष्मा चौधरी, विमला पोखरेल, जुठे घर्ती, हुके भण्डारी, दामोदर घर्ती ऋषिराम शर्मा, द्रोपति चौधरी, माधव पौडेल, तीर्थ पौडेल र धनिलाल चौधरी रहेको कुरा मोर्चाका जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले बताउनु भएको छ ।
नयाँ वर्ष आरम्भका दिन सम्पन्न भेलामा शुभकामना आदान प्रदान पनि गरिएको थियो ।