दलीय चुनाव चिन्हका लागि ६८ दलको रिलेअनसन सुरु

दलीय चुनाव चिन्हका लागि ६८ दलको रिलेअनसन सुरु

काठमाडौं । दलीय चुनाव चिन्हका लागि अन्दोलनरत ६८ दलले आजबाट रिलेअनसन सुरु गरेका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नयाँ शक्ति नेपाललगायत ६८ दलका नेता कार्यकर्ताहरुको उपस्थितिका बीच रिलेअनसनको नयाँ शक्तिका डा.बाबुराम भट्टराई, देजमोका नेता कमल चौधरीलगायत संयुक्त संघर्ष समितिका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरे । काठमाडौं रत्नपार्क शान्तिबाटिकामा सुरु गरिएको रिले अनसन बैशाख ८ गतेसम्म चल्नेछ । विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म अनसन बस्ने, अनसन अवधिभर प्रत्येक दिन ३ बजे साँस्कृतिक कार्यक्रमसहित नागरिक समाजका अगुवा, कलाकार, व्यापारी तथा उद्योगपति, व्यावसायी संघसंस्था, ट्रेड यूनियन, सामाजिक संघसंस्था, दल तथा मोर्चाद्वारा ऐक्यबद्धता कार्यक्रमको आयोजना गरिने देजमोका कार्यालय सदस्य कमल चौधरीले बताए ।

काठमाडौंमा अनसन थालेका ६८ दलले स्थानीय तहमा निर्वाचन आयोग तथा स्थानीय तह निर्वाचन सम्बन्धी सरकारी तथा गैरसरकारी संघसंस्थाले संचालन गर्ने निर्वाचन शिक्षा, पर्यवेक्षण जस्ता सबै कार्यक्रम अवरोध गर्ने गराउने र आवश्यकता अनुसार धर्ना, जुलुस, सभा गर्ने र तीन दलीय सिन्डिकेटबाट लोकतन्त्रको हत्या हुन लागेको सन्देश देशव्यापी रुपमा प्रवाह गर्ने लगायत संघर्षका कार्यक्रमहरु रहेको पनि नेता चौधरीले बताए ।