विदुर । देशभक्त जनगणतान्त्रिम मोर्चा, नेपाल नुवाकोटको एक भेलाले नारायण अधिकारीलाई मोर्चाको जिल्ला संयोजकमा चयन गरेको छ ।
२५ सदस्यीय जिल्ला समिति गठन गरेको भेलाले मोर्चाको जिल्ला सचिवमा राजन लामिछानेलाई चुनेको छ भने सदस्यहरुमा दिनेशमान डंगोल, मनोज अधिकारी, रामकुमार थापा, गजबहादुर तामाङ, नारायण प्रसाद अधिकारी, राम लोहनी, कमलविन मियाँ, तुलसादेवी अधिकारी, रवि अधिकारी, गोकर्ण बजगाईं, भोजबहादुर विक, हर्कलाल सुनार, राजन पौडेल, विले तामाङ, ढुंडीराज न्यौपाने, रंजना लामिछाने, लक्ष्मी नेपाली, प्रेमबहादुर तामाङ, हरि ढुंगाना लगायत रहेका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश पौडेल‘सरोज’को उपस्थितिमा सम्पन्न मोर्चाको उक्त भेलाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मोर्चालाई गाउँ गाउँसम्म संगठन विस्तार गर्ने र जनघाती÷राष्ट्रघाती तत्वहरुको व्यापक भण्डाफोर गर्ने निर्णय समेत गरेको छ ।