काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चासहित ६८ दलको आयोजनामा राजधानीको रत्नपार्क शान्तिबाटिकामा विरोध सभाको आयोजना गरेका छन् ।

देजमो नेपालले खुल्लामञ्चमा सयौंको संख्यामा नेता कार्यकर्तासहितको सहभागितामा केन्द्रीय सचिव परि थापाको नेतृत्वमा निस्किएको जुलुस शान्तिबाटिका हुँदै नारा जुलुससहित र्‍याली भोटाहिटी, असन, न्युरोड गेट हुदै पुनः शान्ति बाटिकामा पुगेर विरोध सभामा परिणत भएको थियो ।

देजमो नेपालका सचिव परि थापाले निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रिया अघि बढेका दलहरुलाई समेत दर्ता गरी चुनाव चिन्ह प्रदान गरिनुपर्ने र छुटेका मतदाताहरुलाई नामावली दर्ता गराउन समय दिई, मधेसी मोर्चालगायत आन्दोलनरत दलहरुलाई समेत सहमत गराएर निर्वाचन गराउनुपर्नेमा जोड दिए ।

यदि निर्वाचन चिन्ह बिना नै सरकारले निर्वाचन जबरजस्त गराउन खोजेमा संघर्षलाई थप सशक्त र घनिभूत बनाउने बताए ।

सो विरोध सभामा नयाँ शक्तिका तर्फबाट कुमार पौडेल, नेकपाको तर्फबाट ऋषि कट्टेल लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर