एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुझाएको कर विवरण सार्वजनिक भएपछि उनी रुष्ट बनेका छन् ।
राष्ट्रपति ट्रम्पले सन् २००५ मा १५ करोड डलर भन्दा बढी आयमा ३ करोड ८० लाममात्रै कर तिरेका थिए ।
ट्याक्स रिटर्नको दुई पेज लामो दस्तावेज अमेरिकी टिभी नेटवर्क एमएसएनबीसीले जारी गरेपछि ह्वाइट हाउसले आपत्ति जनाएको छ । ह्वाइट हाउसले ट्याक्स रिटर्न प्रकाशित गर्नु गैरकानुनी भएको जनाएको छ ।
चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले ट्याक्स रिटर्नबारे जानकारी दिन अस्वीकार गरेका थिए । यसअघिका उम्मेदवारले त्यसबारेमा जानकारी दिने गरेका थिए ।
दुई पेज लामो दस्तावेजमा समेत ट्रम्पको ट्याक्स रिटर्नको पूर्ण विवरण नरहेको बताइएको छ । राष्ट्रपति कार्यालयले घटनाको विरोध गर्दै सार्वजनिक भएकोभन्दा अरु शीर्षकमा पनि कर बुझाएको दाबी गरेको छ । राष्ट्रपति ट्रम्पको ट्याक्स रिटर्नबारे धेरै कम जानकारी रहेका कारण यो पनि महत्वपूर्ण हुने बताइएको छ ।